Home / Feature Breaking news / सडक दुर्घटनामा एकको मृत्यु, सासद ओलीसहित १४ घाइते

सडक दुर्घटनामा एकको मृत्यु, सासद ओलीसहित १४ घाइते

दाङ । दाङको घोराही– लमही सडक खण्डको मुसोटको चिसापानीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रुकुमको मुसीकोट निवासी २६ बर्षिय रमिता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रदेशसभा सदस्य उत्तरकुमार वलीसहित १४ जना घाइते भएका छन । तुलसीपुरवाट बिरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कार एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा सांसद ओलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । सासद ओलीलाई लमहीको फ्लोरेन्स अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोलपुर रिफर गरिएको छ ।

घाइतेहरुको लमही अस्पताल र फ्लोरेन्स अस्पतालमा उपचार भईरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*