Home / Feature Breaking news / घोराही–५ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता

घोराही–५ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता

दाङ,२८ पुस । घोराही उपमहानगरपालिका वडा नं. ५ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । यहि माघ महिनामा सञ्चालन हुन थालेको मेयर कप फुटवल प्रतियोगितालाई मध्यनजर गर्दै वडाले खेलाडी छनोटका लागि वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नामा आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमका विच शनिवार राष्ट्रियसभा सदस्य अनिता देवकोटाले उदघाटन गरेकी हुन । घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षता एव राष्ट्रियसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एव नेपाली काग्रेस दाङ क्षेत्र नं. ३ का सभापति भुपबहादुर डागीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताको उदघाटन गरिएको हो ।

प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि देवकोटाले प्रतियोगिताले स्थानीय स्तरमा रहेका नवप्रतिभाहरुलाई अघि बढ्न महत्वपुर्ण भुमिका खेल्ने बताइन । स्वास्थ्यका लागि महत्वपुर्ण मानिने फुटवल प्रतियोगिता जिल्ला स्थानीय स्तरसँगै जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि सहयोग पुग्ने भन्दै यस्ता प्रतियोगिता हरेक तहले सञ्चालन गर्नुपर्ने बताईन ।

कार्यक्रमका विशिष्ट अतिथि डागीले प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै स्थानीय स्तरमा रहेका नयाँ प्रतिभालाई बाहिर ल्याउन राम्रो भुमिका खेल्ने बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्वास्थ्यका लागि महत्वपुर्ण मानिने खेल क्षेत्रको विकास र खेलाडीहरुको होसल्लाको उपयुक्त खुेलकुद मैदानसँगै नियमित रुपमा खेलकुदका कार्यक्रमहरु हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य लोकी विश्वकर्मा, नेकपा नेताहरु भुमबहादुर गिरी, मदन डागी, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मालगायतले प्रतियोगिताको सफलताको सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ । आइतवारसम्म सञ्चालन हुने प्रतियोगितामा वडाका ५ वटा समूहहरुको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई घोराही उपमहानगरपालिकाले आयोजना गर्न थालेको मेयर कप फुटवल प्रतियोगितामा वडावाट खेल्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*