Home / Feature Breaking news / प्रत्येक बस्तीमा सडक र विद्युतः वडाध्यक्ष घर्ती

प्रत्येक बस्तीमा सडक र विद्युतः वडाध्यक्ष घर्ती

घोराही उपमहानगरपालिकाको सवैभन्दा विकट तथा पहाडी वडाका रुपमा छ, वडा नं.. १९ । वडामा अहिलेसम्म उपमहानगरपालिकाको मुख्य केन्द्र घोराहीसँग जोडने भरपर्दाे सडक सञ्जाल बन्न सकेको छैन । विद्युत विस्तार पनि हुन सकेको छैन । विद्युत सुविधा नहुदा अन्य वडामा अनलाईन माध्यमवाट व्यक्तिगत घट्ना तथा एकिकृत सम्पति कर बुझ्ने व्यवस्था भएपनि यो वडामा अझै हुन सकेको छैन । वडामा विद्यालय धेरै रहेपनि उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यालय छैन । करिव १३ सय घरधुरी रहेको उक्त वडामा एक बर्षको अवधिमा केके विकास भएको छ र आगामी दिनमा वडाको विकासका लागि कस्ता योजना बनेको छ भनेर पत्रकार लिलाधर वलीले वडा अध्यक्ष हर्कबहादुर घर्तीलाई सोधेको सार संक्षेप ।

स्थानीय तहको जिम्मेवारीमा तपाई आएको एक बर्ष बढि भैसकेको छ । यो अवधिमा वडाको विकासका लागि के–के काम गर्नुभयो ?

घोराही उपमहानगरपालिकाका १९ वटा वडाहरु मध्य हाम्रो वडा सवैभन्दा विकट वडा हो । अहिले हाम्रो वडालाई घोराहीको रोल्पाका रुपमा हेरिने गरिन्छ । अहिले पनि हाम्रो वडा कार्यालयसम्म पुग्न उपमहानगरपालिकाको मुख्य केन्द्रदेखि सडक सञ्जालको व्यवस्था हुन सकेको छैन । विद्युत सेवा वडामा नपुग्दा वडावासीहरु अन्धकारमा बस्न बाध्य छन । वडामा उच्च शिक्षा अध्ययन गर्ने कलेज नहुदा कक्षा १० पास गरेपछि ृ उच्च शिक्षा अध्ययनका लागि घोराही जानु पर्ने बाध्यता छ । खानेपानीको समस्या पनि त्यतिकै छ । यीनै समस्या पहिचान र समाधानकालागि पहिलो बर्षमा केही काम गरेका छौ ।

बास्तविक रुपमा भन्ने हो भने पहिलो बर्ष हाम्रो सिकाईको बर्षका रुपमा र¥यो । जनतावाट निर्वाचित भएर वडाको जिम्मेवारीमा आएपछि मैले पहिलो प्राथमिकतामा सडक सञ्जाललाई दिएको छु । त्यही अनुसार घोराही उपमहानगरपालका वडा नं. १८ को नागेश्वर मन्दिरदेखि मसिनाहुदै १९ नम्वर वडाको वडाकार्यालयसम्म पुग्ने सडकको ट्रयाक खोल्ने काम भएको छ । यसले घोराही र हाम्रो वडालाई जोड्ने काम गरेको छ । बर्षातको समयमा परेको पानीले विगारेका कारण अहिले केही ठाउँमा समस्या भएकाकारण गाडी चल्न सकेको छैन । तर यसबर्ष पुन मर्मत गरेर यहि सडकवाट मोटर गुडाउने हाम्रो चाहना छ । त्यस्तै वडामा विद्युत सेवा पु¥याउनका लागि लागिपरेका छौ । आशा छ, सडक निर्माणसँगै विद्युत सेवा पनि सैघासम्म पुग्ने छ ।

वडाको सम्पुर्ण बस्तीहरुमा तत्कालन नपुगेपनि वडाकार्यालय आपासका बस्तीहरुमा विद्युत सेवा पुग्ने छ । त्यसकालागि विद्युत कार्यालयसँग कुरा भईरहेका छ । कुराकानीका क्रममा कार्यालयवाट यसै बर्ष विद्युत पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै हामीले गतबर्ष विद्यालयको शैक्षिक गुणस्तर सुधार, खानेपानी, जनजाति,दलित,महिलालगायतका जातजातिहरुको क्षमताविकासलगायतका क्षेत्रमा काम गरेका छौ । यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने विचार गरेका छौ ।

 वडावासीमा विकासको कस्तो चाहना पाउनु भएको छ ?

हाम्रो वडा विकट वडा हो । यहाँका जनताहरुलाई सवैभन्दा पहिले सडक निर्माणको काम भईदिए हुन्थ्यो झै लागेको छ । वडावासीहरुले मलाई घोराही नागेश्वरी मन्दिर–कटुवाखोला हुदै सैघाको लाकुरीडाडाँ जोड्ने सडक कहिले बन्छ भनेर सोध्नुहुन्छ । यो सडक बनेपछि वडावासी सिधै घोराहीसँग जोडिने भएका छन । त्यस्तै विद्युत नहुदा वडामा धेरै समस्या भएको छ । विद्युतका कारण खानेपानी,विद्यालयमा कम्प्युटर शिक्षालगायत कृषि व्यवसाय सञ्चालनका लागि समेत समस्या देखिएको छ ।

त्यसैले विद्युत सेवाको माग गर्ने गरेका छन । त्योसँगै पहाडी क्षेत्र भएकाले खानीपानीको पनि समस्या समाधानकालागि वडावासीहरुले माग गर्नुभएको छ । त्योसँगै अन्य वडाका वस्तीहरुलाई जोड्ने सडकहरुको स्तरउन्नती,कृषि व्यवसाय सञ्चालनका लागि अनुदान,क्षमता विकास लगायका कुराहरु उठाउने गर्नु भएको छ । वडाहरुले उठाएका मागहरुको प्राथमिकरण गरेर समाधानका लागि काम गर्ने छु ।

वडामा सडक र विद्युतसँगै खानेपानीको समस्या छ । यो समस्या समाधानका लागि के योजना बनाउनु भएको छ ?

हाम्रो वडामा सडक र विद्युत पछिको अर्काे समस्या भनेको खानेपानी पनि हो । वडा भौगोलिक रुपमा पहाडी क्षेत्र हो । यहाँ बस्तीहरु पहाडको माथिल्लो भागमा बस्ने तर पानीको श्रोत भने तल खोलामा हुने गरेका छन । खोलामा रहेका पानीका श्रोतवाट पानी बोकेर खानुपर्ने वडावासीको बाध्यतो छ । विद्युत हुने हो भने मोटरको साहेताले पानी अग्लो स्थानमा तानेर बस्तीमा वितरण गर्न सकिन्थ्यो तर विद्युत सेवा नहुदा समस्या भएको छ ।

वडाका बस्तीहरुमा देखिएको खानेपानीको समस्या समाधानका लागि वडाका पाँच स्थानमा खानेपानी आयोजना निर्माणका लागि बैकल्पीक उर्जा मन्त्रालयमा फाइल पेस गरेका छौ । आशा छ,खानेपानी आयोजना निर्माणकालागि मन्त्रालयले बजेट बिनियोजन गर्ने छ । वडाका तर्फवाट पाँचपोखरी खानेपानी आयोजना, गोठीवन खानेपानी आयोजना, सैघा खानेपानी आयोजना , खर्कुल खानेपानी आयोजना र सिमल खानेपानी आयोजना निर्माणको लागि मन्त्रालयमा फाइल बुझाएका छौ । यी योजनासँगै वडामा रहेका पुराना खानेपानी योजनाहरुको मर्मत संम्हार तथा वडामा पानीको मुहान संरक्षणका लागि कृत्रिमपोखरी निर्माणलगायतका कामहरु ग्रिरहेका छौ ।

वडा नं. १९लाई फरक विकासका रुपमा अघि बढाउन सकिने आधारहरु के के छन ?

वडा नं. १९ विकट वडाका रुपमा रहेपनि यसका केही छुट्टै विशेषताहरु रहेका छन । जसलाई हाम्रो वडाको मौलिक विशेषताहरुको रुपमा पनि लिन सकिन्छ । पहाडी क्षेत्र भएकाले यहाँ जडिवुटिसँगै पशुपालनको राम्रो सम्भावना छ । यहाँ विभिन्न जातका जडिवुटीहरु रहेका छन । नयाँ जडिवुटीहरुको व्यवसायीक खेती गर्न सकिन्छ । त्यसका साथै यहाँ कोदो, फापर, टिमुर, दालचिनी, कागती, अनार,अम्वालगायतका फलफुलहरुसँगै कुखुरा,बाख्रापालन,भैसीपालन,गाईपालन व्यवसायी गर्न सकिन्छ । जडिवुटी र कृषिको व्यवसायीकरण गर्न सकियो भने वडावासीहरुलाई यहि रोजगारी प्रदान गर्न सकिन्छ ।

यसले एकतातिर वडावासीहरुलाई आफै ठाउँमा आर्थिक आम्दानी गर्न सक्नुका साथै पर्यटकिय क्षेत्रका रुपमा समेत विकास गर्न सकिन्छ । कृषि पर्यटनका रुपमा वडालाई विकास गर्न मैले एक गाउँ एक कृषि समुहको अवधारणा अघि सारेको छु । वडावासीहरुलाई समुहमा आवद्ध गरेर वडावासीको चाहना अनुसार सामुहिक तथा व्यक्तिरुपमा कृषि फर्म सञ्चालन गर्ने मेरो योजना रहेको छ । यसमा कृषकहरुलाई वडाले क्षमता विकासदेखि विउँविजनमा सहयोग गर्नेछ । जसले अहिलेको पुस्तालाई कृषिमा सहयोगसँगै नयाँ पुस्तालाई कृषिमा आकर्षण गर्ने काम गर्ने मेरो विश्वास रहेको छ ।

घोराही उपमहानगरपालिकाले अघि सारेको एक वडा एक प्राविधिक शिक्षालयको अवधारणालाई कसरी सम्वोधन गर्नुहुन्छ ?

संख्यात्मक रुपमा अन्य वडाहरुको तुलनामा हाम्रो वडामा धेरै विद्यालयहरु रहेका छन । हाम्रो वडामा अहिले पनि १२ वटा विद्यालयहरु रहेका छन । त्यसमा भगवती माध्यामिक विद्यालय सैघा र अन्तर्राट्रिय युवा बर्ष माध्यामिक विद्यालयमा माध्यामिक तहसम्म पढाई हुने गरेको छ । यसका साथै कक्षा ८, ५ तथा कक्षा ३ सम्म पढाई हुने धेरै विद्यालयहरु रहेका छन । ती विद्यालयको शैक्षिक गुणस्तर सुधारमा हामीहरुले ध्यान दिएका छौ ।

प्रत्येक विद्यालयहरुको चौमासिक बैठकमा विद्यालयको प्रगति वितरणसँगै विद्यालयका समस्याहरुका बारेमा छलफल हुने गरेको छ । वडाका दुई वटा सामुदायिक विद्यालयहरुमा अ्रगेजी माध्यममा पनि पढाई सुरु गर्ने विचार गरेका छौ । त्यसका लागि विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षकको व्यवस्थ ागर्न थालेका छौ । भगवती माध्यामिक विद्यालयलाई कृषि शिक्षालयका रुपमा अघि बढाउने हाम्रो सोचाई रहेको छ । वडाका सम्पुर्ण विद्यार्थीहरुको पायक पर्ने र वडावासी विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा आकषित गर्नका लागि हाम्रो वडामा कृषि प्राविधिक शिक्षालय खोल्ने योजना रहेको छ ।

वडामा १२ महिना यातायात सेवा सञ्चालनका लागि कस्तो योजना बनाउनुभएको छ ?

अहिले पश्चिममा घोराही–होलेरी सहिदमार्ग अन्तर्गत दुईखोलीवाट राम्चेबजारहुदै वडा कार्यालयसम्म र पूर्वमा बंगलाचुली गाउँपालिकाको मर्पेस–पाँचपोखरी सडकहुदै आउने सडक रहेको छ । यी सडकहरु अलि लामो दुरीका साघुँरा सडकहरु रहेका छन । त्यसैेले वडा नं. १९ लाई घोराहीसँग जोड्न घोराही उपमहानगरपालिका वडा नं. १८ को नागेश्वर मन्दिर–कटुवाखोलाहुदै सैघाको लाकुरीडाडाँमा रहेको वडा कार्यालय जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएका छौ ।

गतबर्ष छुटइएको एक करोड बजेटवाट सडकको ट्रयाक खोल्ने काम भईसकेको मैले पहिले पनि जानकारी गराईसकेको छु । यसबर्ष फेरी विग्रिएको स्थानमा सडक बनाउने र नाला निर्माणको काम हुने छ । सडक निर्माण भएपछि यातायातमा सहज हुनेछ ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको बजेट कति छ ?

चालु आर्थिक बर्षमा पनि हाम्रो वडामा एक करोड रुपैया रहेको छ । यहि बजेटवाट वडाको भौतिक पूर्वाधारसँगै सामाजिक विकास तर्फको काम गर्ने हो । हाम्रो वडा दुर्गम वडाका रुपमा रहेको हो । यहाँको विकासका लागि धेरै रकम आवश्यक रहेको छ ।

hb

विकासका लागि वडावासीहरुको धेरै अपेक्षा रहेको छ तर सिमित रकमले धेरै काम गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा एकै पटक धेरै काम गर्न सकिदैन । त्यस्तैले हाम्रो विकट वडा रहेकाले घोराही उपमहानगरपालकासँगै यसै क्षेत्रवाट प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल निर्वाचित भएकाले उहाँहरुले विशेष रुपमा हेर्नुृृहुने छ भन्ने वडावासीहरुको अपेक्षा छ ।

वडा कार्यालयले प्रदान गर्ने सेवा कतिको प्रभावकारी छ ?

जनताको सेवाका लागि हामी कार्यालयमा अपडेट छौ । कार्यालयमा कर्मचारीहरु पनि हुनुहुन्छ । अन्य वडाहरुको तुलनामा हाम्रो वडा विकट रहेका कारण कर्मचारी आउन गाह्रो मान्ने गरेका छन् । सुरुमा आउने तर धेरै समय टिक्न नसक्ने अवस्था रहेको छ । यो समस्या समाधानका लागि म लागि परेको छ । नीतिगत समस्याका कारण केही काममा सेवाग्राहीले दुःख पाउनुभएको हुन सक्छ तर कार्यालयबाट सहजै हुन सक्ने सेवामा हामीले कुनै पनि सेवाग्राहीहरुलाई दुःख दिने गरेका छैनौ ।

त्यसैले गर्दा हामीले प्रदान गर्ने सेवाहरु प्रभावकारी नै रहेका छन् । विद्युत नहुदा व्यक्तिगत घट्ना दर्तासँगै कर संकलनको कार्यलाई अनलाईन स्टिमवाट सञ्चालन गर्न सकेका छैनौ । हामीलाई विश्वास छ,गाउँमा बत्ति आउने वित्तिकै अनलाईन स्टिमवाट कर संकलन र व्यक्तिगत घट्ना संकलनको कार्य गरेर वडावासीहरुलाई सहज सेवा दिने छौ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

मैले माथि धेरै कुराहरु भनिसकेको छु । मैले निर्वाचनका क्रममा जनतासँग गरेका बाचाहरु पुरा गर्न लागिपरेको छु । त्यही अनुसार वडाको विकासको काममा लागिरहेको छु । वडामा शिक्षाको विकास लागि घोराही उपमहानगरपालिकाको एक वडा एक प्राविधिक शिक्षालय निर्माण गर्ने नीति अनुसार कृषि प्राविधिक शिक्षालय, सडक निर्माण, खानेपानी आयोजना, एक गाउँ एक कृषि उत्पादनलगायतका कार्यलाई अघि बढाउने योजना बनाएको छु ।

त्यही अनुसार काम गरिरहेको छ । हाम्रो वडाको अर्काे समस्या भनेको स्वास्थ्य सेवा हो । सहजै स्वास्थ्य सेवा, स्वास्थ्य चौकीमा प्रदान गर्न सक्ने व्यवस्था मिलाउनका लागि पहल गरिरहेको छु । वडाको विकासमा सञ्चार माध्यमवाट सहयोग हुनेमा म विश्वस्त छु । यो वडाको विकासको लागि सवै क्षेत्रको सहयोग अपेक्षा गरेको छु । जनप्रतिनिधि एक्लैले मात्र गरेर हुदैन सवै क्षेत्रको सहयोग भएमा विकास गर्न सकिन्छ । त्यो अपेक्षा राख्न चाहन्छु । यो विचार राख्न दिएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*