Home / Feature Breaking news / प्रतियोगितामा एक २० खेलाडीले प्रतिष्पर्धा गर्ने

प्रतियोगितामा एक २० खेलाडीले प्रतिष्पर्धा गर्ने

दाङ,१४ कार्तिक । दाङको घोराहीमा हुन थालेको प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ मा एक सय २० खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने भएका छन । प्रतियोगितामा ५ नं. प्रदेशका १२ जिल्लाका ५÷५ जना महिला तथा पुरुष खेलाडी गरि एक सय २० जना खेलाडीहरुले प्रतिष्प्रधा गर्ने आयोजकले जनाएको छ ।
मुल आयोजक समिति एव भरतपुर आइटीएफ तेक्वान्दो डोजाङले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि पहिलो पटक हुन थालेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताले दाङसँगै प्रदेशको खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई रहेको छ । । घोराहीको भरतपुर आइटीएफ तेक्वान्दो डोजाङको आयोजनामा ५ नं. प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय तेक्वान्दो च्याम्यिनसिप प्रतियोगिता हुन थालेको मुल आयोजक समिति दाङका संयोजक तथा भरतपुर आइटीएफ तेक्वान्दो डोजाङका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिता यहि कात्तिक १७ र १८ गते घोराही कवर्ड हलमा सञ्चालन हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी’ भन्ने मुख्य नाराका साथ प्रथम प्रादेशिक प्रोफेश्नल आइटिएम तेक्वान्डो च्याम्पियनसिप प्रयोगिता हुन थालेको अध्यक्ष थापाले बताए । पहिलो पटक सञ्चालन हुन थालेको प्रतियोगितामा प्रदेश नम्वर ५ का १२ जिल्लाका खेलाडी सहभागि हुने छन । प्रत्येक जिल्लावाट ५÷५ जना महिला पुरुष गरि १० जना खेलाडीका दरले १ सय २० जना खेलाडीहरुको सहभागी रहने नेपाल अन्र्तराष्ट्रिय तेक्वान्डो महासंघ प्रदेश नम्वर ५का उपाध्यक्ष विक्रम बाठा मगरले जानकारी दिए ।

itff

प्रतियोगितामा ५५ देखि ६० किलो तौल समुहका खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने आयोजकले बताएको छ । प्रतियोगितामा ५ नं. प्रदेशका सवै जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता लागि प्रत्येक जिल्लाका आइटीएफ तेक्वान्दो संघसँग समन्वय भएको उपाध्यक्ष बाठाले बताए । प्रतियोगिता प्रथम हुनेलाई महिला र पुरुष दुवै खेलाडीको लागि पहिलो पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार १० हजार रुपैयासहित,मेडल, शिल्ड र प्रमापत्र प्राप्त गर्ने भएका छन ।
खेलकुद आयोजनाको क्रममा लाग्ने विभिन्न खर्चहरु जस्तो प्रचारप्रसार, व्याच, प्रमाणपत्र, मेडल, ट्रफि, खाना, बसाई, यातायात, अन्य व्यवस्थापन र खेलकुद सामाग्री खरिदलगायत सम्पुर्ण खर्चका लागि करिव ६ लाख रुपैया खर्च हुने भएको छ ।

प्रतियोगिताले विशेषगरी जिल्लामा तेक्वादो खेलाडी उत्पादको लागि र उनीहरुको प्रोत्साहन गर्न, खेलक्षेत्रको विकास, जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउनको लागि यसप्रकारको खेलकुद कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*