Home / Feature Breaking news / घोराहीमा उर्जा उत्पादनको लागि प्रतिवेदन

घोराहीमा उर्जा उत्पादनको लागि प्रतिवेदन

दाङ,३१ भदौ । घोराही उप महानगरपालिकाले गल्ने फोहोरबाट उर्जा उत्पादन गर्ने क्षेत्रको अध्ययन थालेको छ ।
अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तीम अवस्थामा पुगेको उप महानगरपालिकाले जनाएको छ । फोहोरबाट उर्जा उत्पादन गर्नेका लागि आवस्यक पुर्वाधार निर्माण स्थलको अध्ययन गरी प्रतिवेद निर्माणको काम समेत अन्तीम अवस्थामा पुगेको घोराही उप महानगरपालिकाका इन्जीनियर रामधन श्रेष्ठले बताए । ‘हामी फोहोरबाट उर्जा उत्पादन गर्न आवश्यक पर्ने संरचना निर्माण क्षेत्रको अध्ययन प्रतिवेदन निर्माणको अन्तिम तयारीमा छौ’ इन्जीनियर श्रेष्ठले भने ।

उप महानगरपालिकाले फोहोरबाट उर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीहरुलाइ छनोट गर्नेका लागि गएको आर्थिक वर्षमा वोलपत्र माग गरेर कम्पनी समेत छनोट गरेको थियो । उप महानगरपालिकाले माग गरेको वोलपत्रमा नेपाल इनर्जी डेभलमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निर्वेदन परेपछि उक्त प्रा लिलाई नै फोहोरवाट उर्जा उत्पादन गर्ने दिने सम्झौता समेत गरेको उपमहानगरपालिकाले जनाएको छ । ‘एउटा मात्र कम्पनीले निवेदन दिए पछि त्यसैलाई नै काम गर्न दिन सम्भौता भएको छ’ श्रेष्ठले भने ‘ कम्पनी संग उप महानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको छ ।’

नगरप्रमुख नरुलाल चौधरीका अुनसार कम्पनी संग सम्भौता भैसकेको र उर्जा उत्पादन गर्नका लागि अव संरचना निर्माण कार्य अघि बढने छ । सम्झौतामा कम्तीमा १० करोडको लगानीमा फोहोरबाट उर्जा उत्पादन हुने प्रमुख चौधरीले बताए । त्यसको लागि राज्यले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफै कम्पनीले लगानी गर्नु पर्ने छ । ‘ हामीले जग्गा उपल्व्ध गराउने छौ र ४० प्रतिशत लगानी दिने छौ अन्य सवै कम्पनीले गर्नु पर्ने छ’ प्रमुख चौधरीले भने । सम्झौता अनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवस्यक पुर्वाधार समेत आफै निर्माण गर्नु पर्ने छ । उक्त कम्पनी नगर पालिका संग भएको सम्झौता अनुसार २० वर्ष सम्म फोहोर वाट उर्जा उत्पादन गर्ने छ ।

सम्भौता सकिए पछि कम्पनीले उप महानगरपालिकालाई हस्तान्त्रण गर्नु पर्ने प्रमुख चौधरीले बताए । छनोट भएको कम्पनीले गल्ने फोहोरबाट सिलीण्डर ग्याँस उत्पादन गरी वजार व्यवस्थापन पनि गर्ने छ । त्यसैगरी कम्पोष्ट मल समेत उत्पादन गर्न सक्ने छ । जिल्लामा नै ग्याँस उत्पादन भए पछि मुल्य कमी हुने अपेक्षा उपमहानगरपालिको गरेको छ । फोहोर वाट उर्जा उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हो । फोहोर वाट उर्जा उत्पादन भए पछि उप महानगर पालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*