Home / Feature Breaking news / ‘सरकारका अधिनायकवादी, जनताका भगवान डा. केसी ’

‘सरकारका अधिनायकवादी, जनताका भगवान डा. केसी ’

खेमराज रिजाल
दाङ, २९ फागुन । कानुनमन्त्री शेरवहादुर तामाङले जनताको स्वास्थ्य सरोकारका विषयमा आन्दोलन गरीरहेका डाक्टर गोविन्द केसीलाइ अधिनायकवादको संज्ञा दिए । त्यसैगरी यहिंकै निर्वाचित संघिय सांसद मेटमणि चौधरीले संसदमै अभिव्यक्ति दिंदैको हुन डाक्टर गोविन्द केसी मै चिन्दैन भनिरहेका वेला सम्ंपुर्ण नेपालीहरु डाक्टर गोविन्द केसीको आन्दोलनमा हातेमालो गरिरहेका छन् ।

दाङमा नर्सिङ कलेजका विद्यार्थीहरुले तुलसीपुर चौकमा डाक्टर गोविन्द केसीका माग संबोधन गर्न विभिन्न नारासहित प्लेकार्ड लिएर सडकमा आए । विहिवार आन्दोलनको स्वरुप भने फेरिएको छ । सरकारका सांसदले डाक्टर गोविन्द केसीलाइ नचिनेपनि आम जनताले गोविन्द केसीलाई चिनेको बताउंदै सिम्बोलिक अनसन तुलसीपुर चौकमा सुरु भएको छ ।

सरकारको घडिमा माफियाको व्याट्रि, चिकित्सा ऐन उथाअवस्थामा कार्यान्वयन गर, उपचारको अभावमा कुनैपनि नेपालीको ज्यान नजाओस, माफियामुखी शिक्षा ऐन चाहिंदैन, लोटतन्त्रको समाप्त गर, लोकतन्त्र ल्याउ भन्ने लगायतका विभिन्न नारासहित घोराहीको तुलसीपुर चौकमा डाक्टर केसी जस्तै गरी समर्थकले अस्पतालको विच्छौनामा सुतेर सिम्वोलिक विरोध गरे ।
अस्पतालको विस्ताराजस्तै पलङमा सुतेका सिम्वोलिक डाक्टर केसी मरणाशन्न रुपमा रहेको देखाइएको थियो । सडक यातायात नविथोल्ने गरी आयोजना भएको विरोध कार्यक्रममा सहभागिहरुको धेरै भिड लागेको थियो, अन्धादेखि ह्वील चियरमा रहेकाहरुले समेत डाक्टर केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

सोलिडरीटी फर डाक्टर केसी एलाइन्सको नाममा सुरु भएको आन्दोलनले जनमतलाइ भारी गराउंदै छ । कोणसभामा बोल्दै एलाइन्सका सदस्य समीर वलीले यो आफुहरुको शान्तिपुरर्ण आन्दोलन भएको भन्दै यसलाइ थप शशक्त बनाउने अभिव्यक्ती दिए । आवस्यक परे यस्तै आन्दोलन जिल्ला प्रशासन कार्यालय अगाडि समेत गर्ने तयारी भएको उनले बताए । ‘हामीलाइ कुनै माफियाहरुको संरक्षण गर्नु छैन, सहज स्वास्थ्य सेवाकालागी डाक्टर केसीले थालेको आन्दोलनमा हामी पछि हट्ने छैनौं, यो आन्दोलनमा सहभागिहरुको संख्या दिनदिनै बढ्ने अपेक्षा गरेका छौं’—समिरले भने । सरकारनै माफियाबाट चलेको बताउंदै सहभागिले डाक्टर गोविन्द केसीलाइ तिनै माफियाहरुले अधिनायकवादीको संज्ञा दिइरहेकोमा आपत्ति समेत जनाएका छन् ।

डाक्टर केसिले स्वास्थ्य सेवालाइ विकेन्द्रीकरणको अभियानमा पहिल्यैदेखि आन्दोलन गर्दै आएका छन् । मुलुक संघात्मक अभ्यासमा गैसकेको अवस्थामा पनि सरकारले स्वास्थ्य सेवालाइ तल्लो तहमा विस्तार गर्न सकेको छैन । हरेक विकास निर्माण संगै स्वास्थ्य सेवाको विस्तार पनि राजधानीमै हुनुपर्छ भन्ने सरकारी अधिकारीहरुले बताउंदै आएका छन् । यद्धपि डाक्टर केसीकै आन्दोलनका कारण दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको सन्दर्भमा राजनितिक दलका नेताहरुले भने फरक अभिव्यक्तिहरु दिइरहनुले वर्तमान सरकार स्वास्थ्य सेवाको विकेन्द्रीकरणमा जान नखोजेको सरोकारवालाहरुले बताएका छन् ।

स्वास्थ्य अवस्था गम्भीर
यसैबीच डाक्टर गोविन्द केसी अनसनकै क्रममा गम्भीर अवस्थामा पुगेका छन् । स्थानिय चिकित्सकहरुका अनुसार उनको छाति फोक्सो, मृगौला र कलेजोमा समेत गम्भीर असर पुगेको छ । आइसियु सेवामा राख्न नसके जुनसकुनै अवस्थामा पनी उनको स्वास्थ्य गम्भीर खतरामा परेको समाचार संकलनमा त्यहां पुगेका दाङका पत्रकार देवेन्द्र बस्नेतले बताएका छन् । सरकारले उनलाइ यरलिफ्टििङ गरी राजधानी लग्ने तयारी गरेपनि डाक्टर केसीले भने जुम्लामै वार्ता र संवाद हुन सक्ने अन्तिम विकल्प दिएका छन् ।
अन्यथा तीन करोड नेपालीहरुको सहज स्वास्थ्यसेवाकालागी जुम्लामै देहत्याग गर्न आफु तयार रहेको समेत सञ्चारकर्मीहरुलाई बताएका छन् ।

त्यसैबीच उनको आन्दोलनका विषयमा जुम्लामा दुइथरी अभिव्यक्तिहरु सार्वजनिक हुन थालेका छन् वाम गठवन्धनका नेताहरुले उनको आन्दोलन निरर्थक र अधिनायकवाद भएको बताएका छन् भने सर्वसाधारण नागरीकहरुले भने डाक्टर केसीलाइ भगवान जस्तै मानेका छन् । ‘न यहांका डाक्टरले दिएको औषधिले रोग निको हुन्छ, नत यहां गतिला डाक्टरनै छन् ’—जुम्लाको पतारासी गाउंपालिका—३ छुमाका शिंह वहादुृर वोहोराले बताए । साथै उनले डाक्टर केसीको आन्दोलनमा आफुहरुले जुनसुकै वलिदानी दिन पनि तयार रहेको बताएका छन् । त्यस्तै हिमा गाउंपालिकाका स्थानियबासी कुशल शाहिले पनि जुनसुकै अवस्थामा पनि डाक्टर केसीलाइ बचाउन उनका मागहरु संबोधन गरीनुपर्ने बताएका छन् । तर राज्य भने डाक्टर केसीको आन्दोलनमा गम्भीर देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*