Home / Feature Breaking news / ७ दिनसम्म खुलेनन् शिक्षाका ताला

७ दिनसम्म खुलेनन् शिक्षाका ताला

अमर आचार्य
दाङ, २५ बैशाख । स्थानिय तहका शिक्षाका अधिकारी, जनप्रतिनिधिहरु र तालावन्दी गर्ने संगठनहरुबीच वार्ता र संवाद सार्थक रुपमा अघि नबढ्दा विद्यार्थी संगठनहरुले जिल्लामा प्यावसन, ऐन प्यावसनको कार्यालय तथा स्थानिय तहका शिक्षा शाखा इकाइहरुमा लगाइएको ताला छैंठौ दिनसम्म पनि खुल्न सकेका छैनन् । संयुक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुमा शुल्क बृद्धि र सामुदायिक विद्यालयहरुमा नेपाल सरकारको नियम विपरीत विभिन्न वाहनामा शुल्क असुल्दै आएको भन्दै स्थानिय तहका सवै शैक्षिक इकाइहरु तथा प्यावसन, ऐन प्यावसनका कार्यालयहरुमा तालावन्दी गरेका हुन ।

विद्यार्थी संगठनहरुले गएको वैशाख १९ गतेदेखि तालावन्दी गरेका हुन । केन्द्रमा विद्यार्थी संगठनहरु र शिक्षा विभाग विच सहमती भएर आन्दोलनको कार्यक्रम फिर्ता भएको छ । भने जिल्लामा प्यावसन दाङ, ऐन प्यावसन, स्थानिय तहका शिक्षा शाखा इकाइमा लगाइएको ताला खोलिएको छैन । केन्द्रमा सहमती भए पनि जिल्लामा कार्यान्वयनको सुनिश्चितता हुन नसकेकाले ताला वन्दी यर्थावत राखिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज सन्तोष पोख्रेलले जानकारी दिए । ‘जिल्ला स्तरमा कार्यान्वयनको सुनिश्चिता नहुदा सम्म तालावन्दी यर्थावत रहने छ’ इन्चार्ज पोख्रेलले भने । उनले जिल्लामा निजी तथा सामुदायिक विद्यालयहरुको अनुगमन गरेर नियम विपरीत शुल्क ल्याउने विद्यालयलाइ कारवाही गरीनु पर्ने बताए ।

विद्यालयहरुको अनुगमन गरेमा मात्र यर्थाथ रिपोर्ट आउने पोख्रलेको भनाइ रहेको छ । ‘केन्द्रमा भएको सहमती अनुसार स्थानियतहहरु कार्यान्वयनको सुरु भएमा हामीले ताला खोल्न तयार रहेका छौ’ इन्चार्ज पोख्रेलले भने । घोराही उप महानगरपालिकाले विद्यालयहरुको अनुगमन गर्नका लागि उप महानगरपालिका प्रवक्ता भरत अर्यालको संयोजकमा एक समिती गठन गरेको थियो । उक्त समितीमा विद्यार्थी संगठनका प्रतिनिधिहरु समेत रहेका छन् । तर हाल सम्म उक्त समितीले अनुगमन गर्ने सकेको छैन ।

घोराही उपमहानगरपालिका शिक्षा शाखा शाखा प्रमुख नारायण पौडेले ताला वन्दीले काममा प्रभाव पारेको बताए । ‘ताला वन्दीले दैनिक प्रशासनको कामसंगै अन्य महत्वपुर्णकामहरु समेत प्रभावित भएको छ’ प्रमुख पौडेलले भने । संयुक्त विद्यार्थी संगठनले निजी तथा सामुदायिक विद्यालयहरुले पटक पटक छलफल तथा संवाद मार्फत शुल्क निर्धारण गरौ भन्दा पनि निजी विद्यालयहरुले आफनो नीति नियम वनाइ शुल्क निर्धारण गरेको तर पटक पटक छलफल मार्फत शुल्क निर्धारण गर्न अटेर गरेकाले आन्दोलन स्वरुप ताला वन्दी गर्नु परेको जनाएका छन् ।

केन्द्रमा विद्यार्थी संगठन र शिक्षा विभाग तथा निजी विद्यालय सञ्चालक विच वढाएको शुल्क फिर्ता दिन निजी विद्यालय सञ्चालकहरु सहमत भएसँगै विद्यार्थी सँगठनहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । मनलाग्दी शुल्क बढाएको भन्दै निजी विद्यालय सञ्चालकहरुका दुई वटै संस्था निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको केन्द्रिय कार्यालय देखि शिक्षा विभागमा लगाएको ताल्चा खोल्न विद्यार्थी संगठनहरुले सहमती जनाएका थिए ।

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका कार्यान्वयन गर्दै बढाएको शुल्क फिर्ता समायोजन गर्न तथा दश प्रतिशत छात्रवृत्ति पारदर्शी गरी सार्वजनिक गर्न विद्यालय सञ्चालकहरुले सहमती जनाएका थिए । यस्तै निर्देशिका पालना गराउन अनुगमन समिति बनाई स्थानीय तहबाट अनुगमन गर्ने र त्यसका लागि मन्त्रालयले सहजीकरण गर्ने पनि सहमती भएको थियो । यसै गरी विद्यालय हाता भित्र हुँदै आएको झोला, पोशाक एवं पाठ्यपुस्तक विक्रि वितरण गर्ने काम रोक्न विद्यालय सञ्चालकहरुले सहमती जनाएका हुन । उक्त सहमती सँगै घोषणा गरेको संघर्षका सबै कार्यक्रम फिर्ता लिन विद्यार्थी सँगठनहरु सहमत भएका थिए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाको शिक्षा इकाइमा पनि लगाइएको ताला खुलेको छैन । सोमवार विहान दश बजे वार्ता गरी समस्या समाधान गर्ने भनिएपनि वार्ता हुन नसकेपछि तालावन्दी यथावत रहेको अनेरास्ववियुका जिल्ला अध्यक्ष विरवल खड्काले बताए । तुलसीपुर उपमहानगरपालिका शिक्षा संयोजक देवराज विश्वकर्माले मंगलवार विहान यस विषयमा विद्यार्थिनेताहरुसंग छलफल हुने बताएका छन् । विद्यार्थी संगठनहरुसँग स्थानीय तहले छलफल गर्ने भनेपछि अहिलेसम्म छलफलमा नबोलाएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले बताए ।
घोराही उपमहानगरपालिकाको गेटमा धर्ना दिर्दै विद्यार्थी संगठन

फाईल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*