Home / Feature Breaking news / एपीएफ र सुदुरपश्चिमाञ्चल विजयी

एपीएफ र सुदुरपश्चिमाञ्चल विजयी

दाङ, २ माघ
परिषद् कप २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटवल प्रतियोगिता २०७४ मंगलवारदेखी दाङमा सुरु भएको छ । प्रतियोगिताको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग मध्यपश्चीमाञ्चल टिम शुन्यका विरुद्ध एक गोलले विजयी भएको छ । अरनिको मैदान तुलसीपुरमा भएको खेलमा एपीएफका अमृत अधिकारीले एक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।

एपीएफ अब वुधवार पश्चिमाञ्चल र नेपाल पुलिस क्लबविचको खेलमा विजयी हुने टिमसँग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै घोराहीको भरतपुर खेल मैदानमा भएको अर्को खेलमा मध्यमाञ्चललाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सुदुरपश्चिमाञ्चल विजयी भएको छ ।

जसमा शुदुरपश्चिमाञ्चलका खेलाडी फिलिप तामाङले दोस्रो हाफको ४२ औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । उनको गोलसँगै सुदुरपश्चिमाञ्चल सेमीफाईनलमा प्रवेश गरेको छ । उनले वुधवार हुने पुर्वाञ्चल क्षेत्रिय टिम र त्रिभुवन आर्मी क्लबबीचको खेलमा विजयी हुने टिमसँग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छ ।

जिल्लाको घोराही र तुलसीपुरमा भईरहेको प्रतियोगिताको फाईनल खेल माघ ६ गते घोराहीमा हुने जिल्ला फुलबल संघ दाङका महासचिव नरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा पाँच विकास क्षेत्रबाट एक÷एक ५ र तीन वटा विभागीय टोली गरि कूल आठ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*