Home / Feature Breaking news / गाली पनि भोटपनि

गाली पनि भोटपनि

काठमाडौं

मंसिर २४, २०७४-सामान्यत आम मानिसको आक्रोश दल र तिनका पनि ठूला नेतासंगै देखिन्छन् । सामाजिक सञ्जालमा देखा पर्ने आक्रोश मात्र होइन, जो कोहीसंग सोध्ने हो भने पनि ठूला नेताका बारेमा राम्रो प्रतिक्रिया हम्मेसी आउँदैन । तर, तिनै शीर्ष नेताहरु चुनावमा जित्छन्, त्यो पनि भारी मतान्तरमा ।

 धेरै गाली पाउने मध्येका एक हुन्, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । उनको देश विगारे भन्ने त छँदैछ, उनको कार्यशैली, ब्यावहार र बोलीको खिसी ट्यूरी गर्ने संख्या ठूलो छ । तर, उनले गृह जिल्ला डढेल्धुराबाट भारी मतान्तरमा चुनाव जितेका छन् । उनले आफ्न प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खगराज भट्टलाई करिव ७ हजारको मतान्तरमा पराजित गरे । देउवाले  २८०४४ र भट्टले २१११५ मत पाए । उनले निरन्तर चुनाव जितिरहेकै छन् ।

यस्तै गाली व्यहोर्ने मध्येमै पर्छन्, एमाले अध्यक्ष केपी ओली । उनको प्रधानमन्त्री कालमा उनको भनाई र बोलीलाई नउडाउने कमै थिए । भाषणमा प्रशस्त उखान–टुक्का प्रयोग गर्नले उखाने नेत भन्नेहरुको पनि कम छैन । उनलाई पनि धेरैले काम नगर्ने ठूला कुरा गर्ने नेता भेनेर गाली गरिरहकै भेटिन्छन्, सामाजिक सञ्जालमा मात्र होइन, सडकमै पनि । तर, ओलीले देउवाले भन्दा पनि धेरै मतान्तरमा चुनाव जित्न लागि रहेका छन् । प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २५९७० मत ल्याउँदै गर्दा उनले ४९६५५मत ल्याइसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि कम गाली पाउने नेताहरुमा पर्दैनन् । कतिलाई उनले विगतमा गरेको सशस्त्र संघर्षका कारण, कतिले संविधान निर्माणमा क्रममा उनले खेलेको भूमिकाका कारण, कतिले सरकार बनाउन र गिराउन ‘मुसा’ प्रबृत्ति देखाएको मन परेन र गाली गर्छन् । सामाजिक सञ्जालमा पनि उनीमाथि खनिनेहरुको संख्या बाक्लै देखिन्छ । तर, मतदानका बेला त्यो देखिएन । चितवन– ३ मा निर्वाचन लडेका उनले पनि चार हजार भन्दा बढी मतले निक्कै बलिया मानिएका राप्रपाका विक्रम पाण्डेलाई उछिनिरहेका छन् । पाण्डेले १२१३५ मत ल्याउँदा दाहालले १६४९६ मत ल्याएका छन् ।

अव मधेसवादी दलकै नेताहरुको कुरा गरौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ बाट वाम गठबन्धनका उमेशकुमार यादवलाई १० हजार मतान्तरले जितेका छन् । वाम गठबन्धनका उमेश कुमार यादवले  ११५८० मत ल्याउँदा उपेन्द्र यादवले २१६२० मत ल्याए । त्यसैगरी राजपाका अध्यक्ष मण्डलका राजेन्द्र महत्तोले धनुषा–४ मा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका छन् । महतोले ३०७४२ मत ल्याउँदा निधि २७८२८ मत ल्याए ।

राजपाका अन्य नेताहरु पनि जितको संघारमा छन् । महोत्तरीबाट महन्त ठाकुर र शरतसिं भण्डारी जितको संघारमै पुगेका छन् । गोरखाबाट नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पराजित गरेका छन् । काठमाडौं –१ बाट कांग्रेस नेता प्रकाशमान श्रेष्ठ, २ बाट एमाले नेता माधवकुमार नेपाल पनि यसरी एकतिर गाली पाउने अर्कोतिर भोट पाउने नेतामा परेका छन् ।

कान्तिपुर अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*