Home / Election / मुर्कुटीमा खनाल र घिमीरेलाई भव्य स्वागत

मुर्कुटीमा खनाल र घिमीरेलाई भव्य स्वागत

मुर्कुटीे, ११ मंसीर
नेपाली कांग्रेसतर्फबाट प्रतिनीभी सभा सदस्यका उमद्वार राजु खनाल र प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमीरेलाई जिल्लाको पहाडी क्षेत्रमा भव्य स्वागत गरिएको छ ।

क्षेत्र न्म्बर २ को बंगलाचुली गाँउपालिकाको मुर्कुटीमा सोमवार चुनावी कार्यक्रममा सहभागी हुन पुगेका खनाल र घिमीरेलाई भव्य स्वागत गरिएको हो । स्थानीयबासीहरुले खनाल र घिमीरेलाई फुलमाला एवं टिकाले स्वागत गरेका थिए ।

साथै उनीहरुले पञ्चेबाजा एवं साथमा सोरठी नाचले स्वागत गरेका थिए । उनीहरुले यस क्षेत्रको विकास गर्न सक्ने उमेद्वारहर खनाल र घिमीरे भएको भन्दै भव्य स्वागत गरेको हुन् ।

कार्यक्रममा सहभागीहरुले स्थानीय एवं आफूहरुको समस्या समाधान गर्न सक्ने नेताहरु राजु खनाल र कमल किशोर भएको भन्दै पहाडी क्षेत्रमा भएका समस्या समाधान गरिदिन विश्वस्त भएर अनुरोध गरेका थिए ।

‘हाम्रो समस्या बुझ्ने हाम्रो समस्या समाधान गर्ने उमेद्वारहरु खनाल र घिमीरे हो’ सहभागी कुलप्रसाद घर्तिले भने–‘स्थानीय नेता नै हो हामीलाई चाहिने चुनाबको बेलामा खुट्टा ढोक्न आउने तर चुनाव जितेपछि अनुहर पनि नदेखाउने मान्छे हामीलाई चाहिन्न ।’ यस्तै कार्यक्रममा सहभागी मनकला जिसीले बाहिरबाट आएका नेता आफूलाई स्वीकार्य नहुने बताईन् ।

‘अन्तको नेता हामीलाई के काम केही काम छैन, रोल्पाको हु म चुनाबकालागि मात्र दाङआको हुँ भन्ने मान्छेले हाम्रो समस्या बुझ्दै बुझ्दैन नि ?’ उनले भनीन्–‘हामीलाई हाम्रो ठाँउको मान्छे चाहिएको छ जसले हाम्रो समस्या पहिलेदेखी नै देखेको छ भोगेको छ । त्यसैले हामीले र राजु र किशोरलाई विजयी बनाउने हो ।’

पहाडी क्षेत्रका सबैजसो मतदाताको यही भएको कार्यक्रममा सहभागीहरुको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*