Home / Feature Breaking news / अग्रज नेता गौतमको मतदाताहरुलाई प्रश्न– ‘लोकतन्त्र रोज्नुहुन्छ कि अधिनायकवाद ?’

अग्रज नेता गौतमको मतदाताहरुलाई प्रश्न– ‘लोकतन्त्र रोज्नुहुन्छ कि अधिनायकवाद ?’

घोराही, ११ मंसीर

नेपाली काग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशसरी गौतमले जनताहरुले माओवादीले दश बर्षिय जनयुद्धको नाममा नेपाली जनतालाई दिएको दु.ख र भएको भौतिक संरचनाको क्षतीपुर्ती खोज्नु पर्ने बेला आएको बताएका छन् ।

नेपाली काग्रेस पहाडी क्षेत्रमा आयोजना गरिएका विभिन्न कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व जिल्ला सभापति गौतमले निर्दोष मान्छे मार्ने माओवादीसँग जनताले हिसाव किताव खोज्नुपर्ने बताएका आएको बताए । ‘हिजो हजारौँ निर्दोष नागरिक केका लागि मारेका थियौ ? जनताले माओवादी उम्मेदवालाई सोध्ने बेला आएको छ ।’ गौतमले भने– ‘जनताको परिवर्तनका लागि हो कि नेताको परिवर्तनका लागि हो । ’

नेपाली काग्रेस परिवर्तन परिवर्तनलाई सस्थागत गर्दै शान्ति र समृद्धिका माध्यमवाट देश र जनताको समृद्धिमा लागेको पार्टी भएको गौतमको भनाई छ । कार्यक्रममा उपस्थीत जनताहरुलाई सम्वोधन गर्दै गौतमले भने–‘जनताहरु सचेत हुनुसोस्, कम्युनिष्टहरुको एकता देश विकासलागि होइन । हिजो माओवादीले मच्याएको जस्तै देशमा अशान्ति फैलाउनकालागि हो ।

निर्दोश जनताको हत्याका लागि हो । बामगठबन्धनले चाहेको कम्युनिष्ट शासन अधिनायकवाद हो ।’ गौतमले भने– ‘लोकतन्त्र कि अधिनायकवाद फैसला गर्ने उपयुक्त समय यहि भएकाले जनताहरुले लोकतन्त्रको पक्षमा मतदान गर्न समेत आग्रह गरे ।’ कम्युनिष्टहरुका बर्बादीमा फसेको देशलाई बिस्तृत शान्ति सम्झौतका माध्यमवाट नयाँ संविधान निर्माण गरेर अहिलेको स्थीतिमा ल्याउने पार्टी कुन हो भने कम्युनिष्टहरुलाई प्रश्न गौतमले गरेका थिए ।

नेपाली काग्रेसकै कारण अहिले दाङले विकासमा फड्को मारेको गौतमको भनाई थियो । कम्युनिष्टहरु जनतालाई झुक्याउनकालागि जे पनि गर्न तयार हुने भन्दै उनले जनताहरुलाई कम्युनिष्टहरुको जालमा नपर्न समेत आग्रह गरेका थिए । उनले यस निर्वाचनमा कांग्रेसले जिल्लाका ९ वटै क्षेत्रमा विजयी हासिल गर्ने दाब िपनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*