Home / Election / प्रधानमन्त्री देउवा दाङ आउदै
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

प्रधानमन्त्री देउवा दाङ आउदै

घोराही, १० मंसीर
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आउनुहुने भएको छ । कांग्रेस दाङले चुनावी प्रचार अन्तरगत आयोजना गर्ने वृहत आमसभामा सम्वोधनकालागि देउवा दाङ आउनुहुने भएको हो ।

यही मंसीर १२ गते जिल्लाको घोराही र तुलसीपुरमा आयोजना हुने वृहत आमसभालाई सम्वोधन गर्नकालागि देउवा दाङ आउने कांग्रेस दा«ङका सभापति किर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।

देउवासँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला र चुनावी प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड आउने सभापति खड्काले जानकारी दिनुभयो ।

चुनावी सभा तुलसीपुर र घोराहीमा हुने छ । जस अनुसार तुलसीपुरमा हुने सभालाई दिउसो साढे १ बजे र घोराहीमा हुने सभालाई दिउसो साढे २ बजे देउवाले सम्वोधन गर्ने कांग्रेस दाङले जानकारी दिएको छ ।

सभालाई सफल पार्नकालागि कांग्रेसप्रति आस्थावन् एवं सुवेच्छुक सबैमा कांग्रेस दाङले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*