Home / Feature Breaking news / पश्चिम रुकुममा जीप दुर्घटना,नवदम्पती सहित सातको मृत्यु

पश्चिम रुकुममा जीप दुर्घटना,नवदम्पती सहित सातको मृत्यु

रुकुम,९मंसिर । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पती सहित सात जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल रहनुभएको छ ।

मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षक हुनुहुन्थ्यो । उहाँको तीन दिनअघि अनितासँग बिहे भएको थियो । बिहे सकेर काममा फर्किँदै गर्दा शुक्रवार साझ जिप सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*