Home / समाचार / मुक्त कमैया शिविरमा चौधरीलाई स्वागत

मुक्त कमैया शिविरमा चौधरीलाई स्वागत

देउखुरी, ४ मंसिर
गढवाको मुक्त कमैया शिविरमा बाम गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रजीत चौधरीलाई अविरले स्वागत गरिएको छ । गरीब थारुको छोरा उम्मेदवार भएको भन्दै मुक्त कमैयाहरुले शिविरमा चुनावको परिणाम आइसकेपछि जस्तो गरेर अवीर र माला लगाएर स्वागत गरेका थिए । गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का मुक्त कमैयाहरुले चौधरीको स्वागत गरेका हुन् ।
सो क्रममा बोल्दै उहाँले भूमि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देशमा धेरै परिवर्तन भए पनि केन्द्र सरकारले भूमि समस्या समाधान गर्न नसकेको भन्दै उहाँले दाङ, बाँके बर्दियालगायतका जिल्लामा देखिएको भूमिहीनको समस्या समाधान गर्न प्रदेशसभाबाट प्रभावकारी कदम चाल्ने विश्वास गर्नुभयो ।
यसैबीच क्षेत्र नम्बर १ को प्रचार टोलीले सोमवार विभिन्न स्थानमा कार्यक्रम गरेको छ । गढवा २ मा वडा कार्यालय उद्घाटन गर्दै क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणि चौधरीले राप्ती नदीमा तटबन्ध र ¥याफ्टिङलगायतका जोड दिनुभएको थियो । त्यस्तै उहाँले देउखुरीको गरीबी हटाउने बाम गठबन्धनको मुख्य जोड भएको बताउनुभयो । प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रजीत चौधरीले भूमि ब्यवस्थानलगायतका जोड दिनुभएको थियो ।
त्यस्तै टोलीले वढवा ४ र ५ मा कार्यक्रम गरेको छ भने वडा नम्बर ४ को संयुक्त चुनावी सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*