Home / विशेष / टेलिकमले ल्यायो तिहार र छठ पर्वको विशेष अफर

टेलिकमले ल्यायो तिहार र छठ पर्वको विशेष अफर

दाङ, १ कार्तिक 

सदाझैं नेपाल टेलिकमले ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ । टेलिकमले नेपालीहरुको दोस्रो ठूलो पर्व मानिने शुभ दीपावली र छठ पर्वको अवसरमा छुट अफर सार्वजनिक गरेको हो ।

टेलिकमले तिहार तथा छठको अवसरमा आज कार्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको हो ।

फोरजी सिम निःशुल्क परिवर्तन
टेलिकमले कार्तिक ३० गतेदेखि ३० दिनसम्मका लागि फोरजी सेवा लिन चाहने ग्राहकहरुका लागि आवश्यक पर्ने सिम (युसिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर, भक्तपुर र पोखराबाट ग्राहकहरुले नेपाल टेलिकमका काउन्टरबाट यूसिम परिवर्तन गर्नसक्ने छन् ।

रिचार्ज कार्डमा १० प्रतिशत बोनस
टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । टेलिकमले ५०, १००, २००, ५०० र १,००० रुपैयाँका रिचार्ज कार्ड रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउनेछ । यो अफर कार्तिक १ देखि ३ गतेसम्म ३ दिनसम्म रहने छ ।

युट्युब डाटा प्याक
टेलिकमको जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत १०० रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराएको छ । यो प्याक २०७४ कार्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने टेलिकमले जनाएको छ ।

कम्पनीको नेटवर्कमा भ्वाइस प्याक छुट
जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २ सय मिनेट १० दिन र ३ सय रुपैयाँमा ६ सय ५० मिनेट ३० दिनका लागि उपलब्ध गराएको छ । यो प्याक कार्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।

कम्बो प्याक
जिएसएम तथा सिडिएमए प्रिपेड तथा पोष्टपेडमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कार्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।

ADSL, FTTH, WIMAX अफर
यसैगरी टेलिकमले कार्तिक २ देखि ८ गतेभित्र अनलिमिटेड र भ्योल्युम बेस एडिएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कार्तिक ९ गतेसम्म थप भएको छ । त्यसैगरी सोही अवधिमा एफटिटिएच, वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कार्तिक ९ गतेसम्म थप गरेको छ ।

पिएसटिएन, सिडिएमए फोनमा पनि बोनस
पिएसटिएन, सिडिएमए फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २ सय रुपैयाँमा १ सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कार्तिक महिनामा १ सय स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराएको छ ।

SMS मा छुट
टेलिकमको जिएसएम तथा सिडिएमए प्रिपेड र पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कार्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*