Home / समाचार / नेपाल बार दाङको पद हस्तान्तरण

नेपाल बार दाङको पद हस्तान्तरण

घोराही, १६ भदौ
नेपाल बार एशोसियसन जिल्ला बार ईकाई दाङको पद हस्तान्तरण कार्यक्रम आज शुक्रवार सम्पन्न भएको छ । निर्वाचन अधिकृत रेहमराज गिरीको अध्यक्षता एवं जिल्ला न्यायधिश चुरामण खड्काको प्रमुख र जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता रेवतिरमण भटराई, अध्यक्ष प्रदिपकुमार गौतम लगायतले भनाई राख्नुभएको थियो । त्यस अवसरमा बोल्दै अध्यक्ष प्रदिपकुमार गौतमले कानुन व्यवसायीहरुको पक्षमा आफूहरुले सधै काम गर्ने बताउनभुयो । कार्यक्रमको सहजिकरण निवर्तमान सचिव नारायणप्रसाद डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*