Home / Feature Breaking news / दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी

दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी

घोराही, ३२ साउन
दाङ उद्योग वाणीज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनाबाट आफ्ना प्रतिस्पर्धी मञ्जु बज्राचार्यलाई ३ सय ५३ मतले पछि पार्दै विजयी हुनुभएको हो । भुषालले ९ सय ६४ र बज्राचार्यले ६ सय ११ मत प्राप्त गर्नुभएको थियो ।

उद्योग उपाध्यक्षमा बसन्त जोशी ९ सय ४९ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने वाणिज्य उपाध्यक्षमा ८ सय १५ मतका साथ टंक सिं बुढाथोकी विजयी हुनुभएको छ । महासचिवमा नरेश कार्कीले ७ सय ५९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । त्यसैगरि सचिवमा माया पोख्रेलले ८ सय ५१ मत र कोषाध्यक्षमा सुशील पोख्रेलले ७ सय ७२ मतका साथ विजयी हनुभएको छ ।

यस्तै सदस्यमा टंकप्रसाद पोख्रेल ७ सय ८३, महिला सदस्यमा विन्दु दाहाल ७ सय ५५ मत प्राप्त गरि विजयी हुनुभएको छ । वाण्ज्यि सदस्यहरुमा छविनाराण गिरी, धनपति शर्मा र मिनराज भाट, महेन्द्र बुढाथोकी, रामप्रसाद पोख्रेल र पिताम्वर शर्मा विजयी हुनुभएको निर्वाचन समितिका संयोजक रेवतिरमण भट्टराईले जानकारी दिनुभएको छ ।

विजयी भएसँगै अध्यक्ष नारायण भुषाले व्यवसायीहरुको हकहितकालागी लागीपर्ने र जिल्लालाई आर्थिक रुपमा कसरी समृद्ध बनाउने विषयमा लागीपर्ने प्रतिक्रीया दिनुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको ३ वर्षे कार्यकालकालागि नयाँ नेतृत्व चयन गर्न हिजो मंगलवार निर्वाचन भएको थियो । कुल २ हजार ९२ जना मतदाता रहकोमा १६ सय २९ मत खसेको थियो ।

निर्वाचनमा माओवादी, एमाले लगायत दलहरुको समर्थन रहेको संयुक्त प्यानलबाट अध्यक्ष नारायण भुषाल सहित ३ सदस्य र कांग्रेसको समर्थन रहेको प्राजातान्त्रिक प्यानलबाट उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ सदस्य विजयी भएका छन् ।

मञ्जु बज्राचार्यद्धारा मतदातालाई धन्यवाद ज्ञापन

प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदका उमेद्वार बन्नुभएकी मञ्जु बज्राचार्यले पनि सम्पूर्ण व्यवसायी मतदाताहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ । बज्राचार्यले आज विज्ञप्ती निकालेर निर्वाचनको परिणाम आफ्नो पक्षमा नपरेपनि आफूलाई प्राप्त भएको मतको सधै उच्च सम्मानका साथ सधै व्यवसायीहरुको हकहितकालागी लागिपर्ने बताउनुभएको छ । साथै उहाँले विजयी हुने अध्यक्ष नारायण भुषाल सहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
यसैगरि
प्राजातान्त्रिक उद्यमी संघ घोराहीले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुलाई मतदान गर्ने सम्पूर्ण व्यवसायी मतदाताहरुलाई धन्यवाद दिएको छ । अध्यक्ष मनोज बुढाथोकीले आज वुधवार विज्ञप्ती निकालेर उवासंघको निर्वाचनमा उद्यमी संघका उमेद्वारहरुलाई मतदात गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*