Home / समाचार / ११ दिन देखि शव नउठ्दा अस्पतालमा समस्या

११ दिन देखि शव नउठ्दा अस्पतालमा समस्या

शरद रेग्मी
साउन, १५ तुलसीपुर

एघार दिन अघि सडक दुर्घटनामा मृत्यु भएकी जानका चौधरीको शव राप्ती अञ्चल अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । साउन ५ गते तुलसीपुर १३ वखरियामा भएको मोटरसाईकिलको ठक्कर वाट ३८ वर्षिय चौधरीको मृत्यु भएको थियो । मृतकका परिवारले शव वुझन नमानेपछि चौधरीको शव एघार दिन देखि राप्ती अञ्चल अस्पतालमा रहेको छ ।
परिवारले क्षतिपूर्ति र दोशीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको मृतकका श्रीमान तुलसीराम चौधरीले जानकारी दिनु भयो । उहांका अनुसार घटना हुंदा आफू विदेशमा रहेको र घटना वारे वुझदा मोटरसाईकिल चालक तुलसीपुर १३ रनियापुर निवासी विनोद सार्कीले चलाएको रा.१ प ४३३७ नम्बरको मोटरसाईकिलले ठक्कर दिदा आफ्नी श्रीमति को मृत्यु भएको भन्दै तत्काल घटना वारे गम्भिर हुन सरोकारवालालाई अनुरोध गर्नु भएको छ ।
उहांले तत्काल दोशीलाई कारवाही नभए सम्म श्रीमतिको शव नवुझ्ने समेत वताउनु भएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटना सम्वन्धी दुवै पक्ष विच छलफल र वार्ता भैरहेको जनाएको छ । प्रहरी निरिक्षक प्रकाश चन्द्र गुप्ताका अनुसार आज आईतवार पनि दुवै पक्षविच छलफल गरिने वताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*