Home / मनोरञ्जन / गायक कृष्ण रेउले स्वाभिमान महिलाको खोजीमा

गायक कृष्ण रेउले स्वाभिमान महिलाको खोजीमा

गायक कृष्ण रेउलेको तीज गीत स्वाभिमानी महिला तीज गीत बजारमा आएको छ । चर्चीत गायक एवं मोडल रेउलेको तीज गीत बजारमा आएको यो गीत अन्य गीतभन्दा फरक छ । महिलाहरुको स्वाभिमानलाई यस गीतमा समेटिएको छ । देश विकास गर्नकालागी असल महिलाहरुको आवश्यकता भएको भन्दै यो गीतमा रेउलेले महिलाहरुको क्षमता र योग्यता अनुसार अवसर दिएर जिम्मेवारी दिनुपर्ने गीतमा उल्लेख गरेका छन् ।
राष्ट्रपति महिला, सभामुख महिला, न्यायधिस महिला, सभाषद्, मेयर, वडा अध्यक्ष महिला भएको भन्दै स्वाभिमानी महिलाको आवश्यक भएको उनको भनाई छ । गीतमा गायीका लक्ष्मी मल्लले अब घुस नखाने स्वाभिमानी महिला चाहिएको भन्दै सबै महिला असल भएर लाग्नु अनुरोध गरेकी छिन् ।
कृष्ण रेउले र लक्ष्मी मल्लको स्वरमा रहेको यस गीतको लय एवं शब्द श्रीकृष्ण मल्लको रहेको छ भने एरेञ्ज कमल सौराग र बजार व्यवस्थापन कल्पना क्रियशनको रहेको छ । यस गीतको भिडियोमा निर्देशन, सम्पादन र छायांकन विष्णु भट्टराईको रहेको छ भने श्रृगार सगुन शर्मा, नृत्य निर्देशन कृष्ण रेउलेको रहेको छ । अविरल फिल्मस् प्रा.लीको दृष्य निर्माण रहेको गीतमा कृष्ण, कविता, शीतल, प्रकाश र प्रेमको अभिनय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*