Home / समाचार / दाङमा २ हजार तीन सय ५३ ले खर्च विवरण बुझाएनन्

दाङमा २ हजार तीन सय ५३ ले खर्च विवरण बुझाएनन्

दाङ, ११ साउन ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका दाङका दुई हजार तीन सय ५३ जनाले खर्च विवरण निर्वाचन कार्यालय बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएर मतगनणा सकिएको एक महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था भए पनि जिल्लाका २९ जना बाहेक अरुले खर्च विवरण पेश गरेका नगरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिजयकुमार कार्कीका अनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिनाभित्र उम्मेद्धवारहरुले चुनावी खर्च विवरण बुझाउनुपर्ने भए पनि २९ जना उम्मेदवार बाहेक अरुले निर्वाचनको समयमा भएको खर्च विवरण पेश गरेका छैनन् ।

दाङ जिल्लामा असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दश स्थानीय तहबाट दुई हजार तीन सय ८२ जना उम्मेदवार बनेका थिए । कार्यालयमा हालसम्म २९ जनाले मात्रै चुनावको खर्च विवरण बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*