Home / मनोरञ्जन / दयाहाङ र अनुपको ‘वीर विक्रम’ भदौ ३ मा

दयाहाङ र अनुपको ‘वीर विक्रम’ भदौ ३ मा

यस्तो लाग्दैछ, भदौ महिनामा चलचित्र रिलिजको बाढी नै आउँदैछ । भदौको पहिलो साता नै २ ठूला चलचित्रको बक्स अफिसमा भिडन्त हुने देखिएको छ ।

bir-bikram (Small)मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीर विक्रम’ले भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको छ । निर्माता तथा निर्देशक चाम्सले वितरकहरुसँग सल्लाहा गरेर प्रदर्शन मिति तोकिएको बताए । भदौ २ गते बिहिबारबाट पनि निर्माता अर्जुन कुमार आफ्नो चलचित्र ‘चपली हाइट २’ लगाउने तयारीमा छन् ।

दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा र दीया पुनको मुख्य भूमिका रहेको यो चलचित्रको हङकङ र यूकेमा रेड कार्पेट पि्रमियर पनि हुँदैछ । ओभरसिजमा चलचित्र देखाइसकेपछि निर्माता तथा निर्देशक चाम्स नेपालमा चलचित्र रिलिज गर्न तयार भएका हुन् ।

काठमाण्डौमा गोपाल कायस्थ र गोविन्द शाही, काठमाण्डौ बाहिर केदार पराजुली यसका वितरक हुन् । चलचित्रको एक गीतले चर्चा पाइसकेको छ । मिलनले यस अगाडि ‘हँसिया’ नामक चलचित्र बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*