दाङ,२ साउन । दाङको एउटा स्मार्ट कृषि गाउँमा एक हजार बढि फलफुलका विरुवाहरु रोपिएको छ । स्मार्ट गाउँमा एक घर पाँच विरुवा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका–८ र १० अन्तर्गत रहेको धोवघाट–स्यानीगाउँ स्मार्ट गाउँमा विरुवा रोपिएको हो ।
गाउँमा तरकारी र बसन्ते मकैसँगै फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्यलले यो पटक विभिन्न प्रजातिका एक हजार बढि विरुवा रोपिएको छ । आँप, अनार, कागती,अमलालगायतका एक हजार तीन सय फलफुलका विरुवा गाउँमा रोपिएको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए । ‘गाउँका प्रत्येक किसानले पाँच विरुवा हुर्काउने गरि रोपेका छौँ’, अध्यक्ष चौधरीले भने,‘बाँकी बचेका विरुवाहरु सार्वजनिक जग्गामा रोपेका छौँ ।’ किसानलाई फलपुलका विरुवा कृषि ज्ञान केन्द्र घोराहीले निशुल्क विरुवा उपलव्ध गराएको थियो ।
स्मार्ट कृषि गाउँमा एक सय २२ घरहरु रहेका छन । प्रवृद्धिको प्रयोगसँगै तरकारी उत्पादनका दृष्टिले पकेट क्षेत्र बनाउने उद्देश्यले स्यानीगाउँलाई ४४ वटा टनेल निर्माण गरिएको छ । ‘प्रविधिका माध्यमवाट किसानहरुलाई कृषि व्यवसायमा संलग्न गराउने स्मार्ट कृषि गाउँको मुख्य उद्देश्य रहेको छ’,कृषि ज्ञान केन्द्रका भरत पोख्रेलले भने,‘ त्यसअनुसार स्मार्ट कृषि गाउँमा जोत्नलाई पावरटेलरसँगै अन्य औजारहरु सहयोग गरिरहेका छौ ।’त्यस्तै कृषकहरुलाई तालिम,उन्नत जातको विउबिजन समेत सहयोग गर्दै आएको पोख्रेलले जानकारी दिए ।
कृषिमा प्रविधिको प्रयोग,सिचाईका लागि पोखरी निर्माण, प्राङगारिक मल उत्पादन, उत्पादन तरकारी राख्नका लागि संकलन केन्द्र, विक्रि कक्षसँगै गाउँमा सूचना केन्द्र स्थापना गरिएको छ । त्यस्तै दश स्थानमा भकारो निर्माण गरेर मलका लागि पशुको गहुत संकलन गर्ने काम समेत भईरहेको समितिले जानकारी दिएको छ ।
RaptiSandesh RaptiSandesh