दाङ,१३ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं दाङको १५ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ध्रुब बेल्वासेको अध्यक्षतामा १७ पूर्ण ४ बैकल्पिक र २ सल्लाहकार गरी २३ जनाको जिल्ला समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्ष सरिता पुन, सचिब राजकुमार बिक, सहसचिव राजकुमारी चौधरी, कोषाध्यक्ष सृजना पन्थी रहेका छन ।
त्यस्तै सदस्यहरुमा सर्मिला चौधरी ,सीता बिक , शुष्मा चौधरी , सपना बेल्बासे, लक्ष्मण बिक, दिनेश रैदास, अनिसा पोख्रेल , युजना आचार्य , मधुकर पुन, पुरुषोत्तम शर्मा , बिजय जिएम , मिरन पौडेल , गौतम चौधरी , आशा पौडेल , बबिता पोख्रेल र तृसन केसी रहेका छन । 
सम्मेलनले सल्लाहकारमा वसन्त आचार्य र राजेन्द्र चौधरीलाई चयन गरेको छ । वसन्त आचार्य को अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अथिती युनियन का केन्द्रिय सदस्य गोपाल भट्टराईले कार्यक्रमको उदघाटन गरेका थिए ।
सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा युनियनका पुर्ब केन्द्रिय सचिब कार्यक्रमका विशिष्ट अथिति गणेश आचार्य, अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश समिती सदस्य रेशम बिसी, प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य यज्ञ बहादुर डागी, अखिल नेपाल युबक संघका जिल्ला अध्यक्ष चित्र एमसी, घोराही नगर अध्यक्ष डोर बहादुर केसी, अखिल छैठौं केन्द्रिय सदस्य राजेन्द्र चौधरी प्रदेश समिति सहसचिब खगेन्द्रा बिष्टलगायतले सुभकामना मन्तब्य राखेका थिए । सरिता पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन धुर्ब बेल्बासेले गरेका थिए ।
RaptiSandesh RaptiSandesh