दाङ,४ असोज । जिल्ला प्रहरी कार्यालय दाङले सामाजिक संजाल इमोमाफर्त चिट्ठा परेको छ भन्दै ठगी गर्ने २ जनलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी विहिवार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
नक्कली चेक समेत बनाई सामाजिक संजाल इमो प्रयोगगरी २५ लाख लाख रुपैयाँको चिट्ठा पर्यो भन्दै कर बापतको रकम असुली गरेको आरोपमा नवलपरासी सुस्ता गाँउपालिका–४ निवासी ३१ बर्षीय पुरण बहादुर खवास र सोही ठाउँ निबासी बुढेस बिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्ण हरि शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयवाट खटिएको विशेष प्रहरी टोलीले अभियुक्तसहित ठगी गर्न प्रयोग गरिएको ओपो कम्पनीको गोल्डेन मोबाइल एक थान, लाभा कम्पनीको मोबाइल एक थान, टाइट कम्पनीको सादा मोबाइल सेट एक थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख शर्माले बताए ।
शर्माका अनुसार तपाईलाई २५ लाख चिट्ठा परेको छ भनि इमो मार्फत संदेश प्रबाह गर्ने, कन्फरमेसनकालागि बैंकको म्यानेजर बन्ने , २५ लाख प्राप्त गर्नका लागि १ लाख २५ हजार कर बापत रकम जम्मा गर्नुहोस भनि ठगी गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा देखिएकाले हिरासतमा राखी थप अनुसन्धान भैइहरको समेत बताए ।
RaptiSandesh RaptiSandesh