काठमाडौं,२४ जेठ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरी खड्काले राजिनामा दिएको जनाएका छन्।
विगत ९ महिनादेखि आफूलाई भूमिकाविहीन बनाएर राखिएको तथा बदनाम बनाउने खेल चौतर्फी हुन थालेको दाबी गर्दै उनले राजीनामा दिएको बताएका छन्।
‘मैले निगममा धेरै नीतिगत सुधार समेत गरेको थिएँ तर त्यसलाई छायाँमा पार्ने र बदनाम गर्ने कार्य मात्र गरियो’ खड्काले भने, ‘९ महिनामा त सन्तान पनि जन्मन्छ। तर मलाई यत्तिका अवधिसम्म भूमिकाविहीन बनाएर राखियो। त्यसैले राजिनामा दिएँ।’
RaptiSandesh RaptiSandesh