नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक असई भुपेन्द्र बुढाथोकीले प्रहरी स्म्वन्धी गित बजारम ल्याएका छन् । ‘हामी नेपाल प्रहरी’ बोलको राष्ट्रप्रेम गित बुढाथोकीले बजारमा ल्याएका हुन् ।
जनताको सेवक प्रहरीको सुख दुखमा साथ दिने भाव समेटिएको गीत हालैमत्र सार्वजनिक भएको छ । बुढाथोकीको शब्द रहेको गितमा प्रहरीलाई राष्ट्रसेवक, जनताको सेवक, विर नेपाल प्रहरी भएको भाव समेटिएको छः
राष्ट्रसेवक हौ हामी प्रहरी, जनताको सेवा गर्ने हामी प्रहरी
काधमा राईफल कम्मरमा खुकुरी,
हामी विर हौ, हामी नेपाल प्रहरी
दाङको तुलीपुर– ५ बुढाथोकीको शब्द रहेको यस गीतमा अहिलेका चर्चित गायक राजेश पायल राईले स्वर दिएका छन् । मनमा पिर व्यथा हुदाहुदै पनि देशकालागि लड्ने बुढाथोकीका गितमा लेख्छन्ः
मनमा कयौँ पिर हुन्छन्, मनमा कयाँै व्यथा
कसले सुन्ने यो प्रहरीको दुःखको कथा
हामी पनि मान्छे नै हो, रगत पनि रातो
जोगाउनु छ यो धर्तिको माटो
हरेक पलमा देश र जनताको सुरक्षामा २४ औँ घण्टा खटिने प्रहरीको वास्तविकतालाई गितमा उनले समावेश गरेका छन्ः
चौविस घण्टा डिउटी हाम्रो देशको सेव ा गर्ने
कहिले हिमाल कहिले पहाड कहिले तराई झर्ने
यो छातिमा कुल्चेपनि देश उठ्छ भने
सहन्छु म हाँसी हासी मुटु फुट्छ भने
राष्ट्रसेवक हौ हामी प्रहरी, जनताको सेवा गर्ने हामी प्रहरी
सन्तोष रजौरेको सङ्गीत रहेको उक्त गीतको एरेञ्जर योगेश काजीले गरेका छन्।् । जनताको सेवक नेपाल प्रहरीका दुखपीडाका कथाहरु गीत मार्फत व्यक्त गर्न खोजिएको गीतका लेखक बुढाथोकीले बताएका छन् ।
गीतको म्युजिक भिडियोको निर्देशन रमेश बिक रसाईलीले गरेका छन् भने अभिनय भुपेन्द्र बुढाथोकी लगायतको रहेको छ । शिव फोरएस मिडियाले निर्माण गरेको उक्त गीतको भिडियो शम्भु चालिसेले छायांकन गरेका हुन भने रबिन बिकले सम्पादन गरेका छन् ।
भिडियो हेर्नु यहाँ क्लीक गर्नुहोसः
RaptiSandesh RaptiSandesh