Home / Feature Breaking news / महिला सामुदायिकले मनायो युवा दिवश

महिला सामुदायिकले मनायो युवा दिवश

घोराही, २७ गते

२५ औँ अन्तराष्ट्रिय युवा दिवश घोराहीमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङको आयोजनामा युवाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

 

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक सम्झना थापाको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले युवाहरु सकारात्मक सोाचका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रविधीको प्रयोगलाई सदुपयोग गरेर जिवनलाई सहज बनाउन र शिक्षालाई प्रविधी मैत्री बनाउन अनुरोध गर्नुभयो । पछिल्लो समय युवाहरु कुलतमा फसेको घटनाहरु बढिरहेकाले रचनात्मक कार्यमा लाग्नुपर्ने बताउदै सकारात्मक सोच, सकारात्म विचार र सकारात्मक भावनाका साथ अगाडी बढ्न अनुरोध गर्नुभयो ।

विष्ठि अतिथि जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक सम्झना थापाले जिल्ला प्रहरी कार्यालयमा आउने युवासँग सम्बन्धीत केशहरुको बारेमा जानकारी गराउदै युवाहरुलाई बचाउन यस्ता सचेतना कार्यक्रमले भूमीका खेल्ने बताउनुभयो ।

उहाँले युवाहरुमा लागु औषध दुव्र्यसन, साईबर अपराध जस्ता विषयहरु बढ्दो मात्रामा रहेकाले यसबाट बच्नकालागि आफै सचेत हुनुपर्ने धारणा राख्नुभयो । अपराधजन्य घटनामा युवाहरु संलग्नता कम गर्नका लागि स्वयंम् व्यक्ती नै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रक संस्थापक अध्यक्ष विमला योगीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले युवा, महिला र बालबालिकाहरुलाई सामाजिक र आर्थिक सशक्तिकरणका लागि कार्य गर्दै आएको बताउनुभयो । उहाँले युवा र बालबालिकाहरुलाई शिक्षाबाट बञ्चीत नहोन् भनेर अभियानको रुपमा शिक्षामा सहयोग गरेको पनि बताउनुभयो ।
कार्यक्रममा दाङ भ्याली कलेज घोराही, मा.वि डाँडागाउँ गोग्ली, गोरक्ष रत्ननाथ मावि चौघेरा, सरस्वति मावि काठेकोहल, उच्च मावि रझेना, मनकामना बोर्डिङ चौघेराका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई स्वःहेरचाह सम्बन्धी अभिमुखिकरण गरिएको थियो । जसमा वरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले मानसिक स्वास्थ्य, तनाव, तनावका कारण, तनाव व्यवस्थापनका उपाय, स्वःहेरचाह गर्ने उपाय लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरु सिर्जना खड्का र अनिसा चौधरीले कार्यक्रम प्रभावकारी भएको भनाई राख्नुभएको थियो ।

शिक्षाका लागि सशक्तिकरण कार्यक्रमका प्रमुख कल्पना डाँगीले स्वागत गर्नुभएको कार्यक्रममा केन्द्रका सुचना अधिकारी आर.के.शीतलको विषय प्रवेश गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण निर्मला चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*