दाङ, २ कार्तिक
दाङको सोनापुर सिमेन्ट उद्योगमा २ जना मजदुरको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको मेसिन समस्या आएपछि मर्मत गर्न मेसिनमा रहेको माटोले पुरीएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मेसिनमा माटो अड्किएपछि माटो हटाउन जानेक्रममा विहीवार विहान माटोले पुरीएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा कञ्चनपुर कृष्णनगर नगरपालिका वडा नम्वर ९ का २४ वर्षीय अमरसिंह राना र भारतको पश्चिम बंगालका सविन हुसेनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
मेसिनको माटो हटाउन जानेक्रमम सेफ्टि वेल्ट नलगाएर जाँदा मेसिनमा माटोले पुरीएर मृत्यु भएको पनि उहाँले जानकारी दिनु भयो ।