Home / Feature Breaking news / ६८ जना जुवाडे ५ लाख २७ हजारसहित पक्राउ
फाईल तस्वीर

६८ जना जुवाडे ५ लाख २७ हजारसहित पक्राउ

दाङ, ९ कार्तिक
दाङमा २४ दिनमा ६८ जना जुवाडेहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २४ दिनको अवधीमा ६८ जना जुवाडेहरु पक्राउ परेको जानकारी दिएको छ ।

२०८१ असोज १६ देखी कार्तिक ९ गतेसम्मको अवधीमा ६८ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईश्वर थापाले जानकारी दिनुभयो । ९ वटा छुट्टाछुट्टै स्थानबाट ६८ जनालाई नगद ५ लाख २७ हजार ६ सय १० रुपैया सहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक बर्षमा ३ स्थानबाट १० जनालाई २ लाख ८२ हजार २ सय ७० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चाडपर्वको समयमा जुवा खेल बढि हुने भएकाले प्रहरीले सक्रियता बढाउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*