Home / Feature Breaking news / रोल्पामा गाडी दुर्घटनामा नवजात शिशुको मृत्यु

रोल्पामा गाडी दुर्घटनामा नवजात शिशुको मृत्यु

रोल्पामा गाडी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका-४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीका अनुसार लुंग्री गाउँपालिका-१ छिउधरका अमृत रोका, उनकी‍ सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान दुर्घटना भएको थियो।

श्रीमतीलाई दाङको अस्पताल लगेर सुत्केरी गराएपछि उनीहरू घर फर्कँदै थिए। त्यसक्रममा दुर्घटनामा परेपछि नवजात शिशु घाइते भएका थिए।

घाइते शिशुको उपचारको क्रममा बुधबार प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बिहान पौने ७ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा गाडी चालक लुङग्री गाउँपालिका – १ छिउधरका ३५ बर्षीय कुलबहादुर बिष्टपनि घाइते छन् । उनको दाहिने हातमा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

गाडीमा कुल चार जना सवार थिए । दुर्घटनाको कारण खुली नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*