Home / Feature Breaking news / नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले जित्यो १०० स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले जित्यो १०० स्वर्ण

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।

हालसम्म ८ सय ३३ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदक सहित कुल २२० पदक हात पारिसकेको छ।

्दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ।

पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्यपदक सहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ काँस्य पदक सहित कुल १३५ पदक हात परेको छ।

यसैगरी गण्डकी प्रदेशले २२ स्वर्ण, १८ रजत र ३४ कास्य सहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदक सहित ८६ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्य सहित २२ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्य सहित ३५ पदक,  प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदक सहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्य सहित ३२ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्य सहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदक सहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

प्रतियोगिता अन्तर्गतका खेलहरु जारी रहेका छन्।  भोलि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*