घोराही, ६ असोज
बिजयादशमी तथा दिपावलीको अवसरमा घोराहीमा युगल सांगितिक साँझ हुने भएको छ । हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा शुभ दिपावली–२०७९ का अवसरमा घोराहीमा सांगितिक साँझ हुने भएको हो । ॐ संगीत कला केन्द्र घोराहीको आयोजनामा घोराहीमा सांगितिक साँझ हुने भएको हो ।
आयोजक ॐ संगीत कला केन्द्र घोराहीले विहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । सुगम संगीतका वरिष्ठ कलाकारहरु उदय सोताङ र मनिला सोताङ युगल सांगितिक साँझ हुने आयोजकले जानकारी दिएको छ ।
साविक राप्तीमै पहिलो पटक यो जोडीको सांगितिक साँझ आयोजना गरिएको आयोजक ॐ संगीत कला केन्द्र घोराहीका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो । असोज १६ गते फुलपातिका दिन घोराहीको माला ईन होटलमा बेलुका साढे ५ बजेदेखी कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रवेशकालागी ५ सय र १ हजार रुपैयाको टिकटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । ‘दशैको बेलामा शुभकामना आदानप्रदान गर्ने अवसर पनि र सांगितिक माहोल श्रृजना गर्ने उद्धेश्यकासाथ यस कार्यक्रमको आयोजना गरिएको हो’ दाहालले भन्नुभयो– ‘यो कार्यक्रम सफल बनाउनकालागी सबैको साथ सहयोग र सकारात्मक सल्लाहको पनि अपेक्षा गरेका छौँ ।’
सोताङ जोडीको ‘छिनछिनमै हास्न मन लाग्छ, हजार जुनिसम्म पर्खी बसे तिमीलाई, उकालि चढौला ओराली झरौला, झिज्यो सिरानी रातमा, तिमी बिना बाँच्नै गाह्रो भो’ लगायतका गीतहरु लोकप्रीय छन् ।
RaptiSandesh RaptiSandesh