Home / Feature Breaking news / लुटपाटको आरोपमा एक जना पक्राउ

लुटपाटको आरोपमा एक जना पक्राउ

दाङ,२७ फागुन । दाङमा पैसा लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घोराही उपउपमहानगरपामलका–१३ निवासी ४८ बर्षीय झुका रोकालाई लुटपाट गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–९ निवासी २४ बर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीले रोकालाई भारतबाट पठाएको चार लाख ६७ हजार सात सय २० रुपैया बैंकबाट निकालेर अटो रिक्सामा घर जाने क्रममा अटोबाट झरेर घरभित्र पस्ने क्रममा मोटरसाइकलमा पछाडीबाट आएर जवरजस्ती पैसा राखेको झोला चोरेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

 

पैसा राखेको झोला जवरजस्ती खोसी भागेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा आरोपित डाँगीलाई घोराही उपहानरपामलका–१३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*