Home / Feature Breaking news / राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सुरु

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सुरु

दाङ, १२ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्विनी प्रदेशको घोराही स्थीत कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेर मतदान सुरु गरेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्री,प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्न सुरु गरेका छन् । प्रदेशमा निर्वाचनका लागि १ मतदान स्थल निर्धारण गरिएको छ भने २ मतदान केन्द्र निर्धारण गरिएकोे छ ।

राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलको तर्पmबाट ३ जना र नेकपा एमालेको तर्फबाट ३ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदार रहेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् ।राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय तहका प्रमुख, उप प्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*