दाङ,९ कार्तिक । घोराहीमा ४० जना महिलालाई चुरा बनाउने तालिम दिइएको छ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त तेश्रो दिन मंगलबार घोराहीमा ४० जना महिलाहरुलाई चुरा बनाउने तालिम दिइएको हो ।

दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्टको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने बताएका थिए । उनीहरुले सिपलाई व्यवहारमा लागु गर्न सके आयआर्जनका महत्वपूर्ण बाटो बन्न सक्ने भएकाले तालिमबाट सिकेको सिपलाई अनिवार्य रुपमा लागु गर्न महिलाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिमला देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक जुनकुमारी बुढा मगरले जानकारी गराएकी थिइन भने आस्थापाठ उपाध्यक्ष दिलु मल्लले गराएकी थिइन ।

कार्यक्रमका सहभागीलाई कोषाध्यक्ष अनिता ढकालले धन्यावाद ज्ञापन गरेकी थिइन । एनजिओआइएनजिओ कोर्डिनेटर तथा कार्यक्रम संयोजक सुजन पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन ।
तालिमको मुख्य प्रशिक्षकमा नारी सिप विकास मञ्चकी अध्यक्ष बिष्णु थापा रहेकी थिइन । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधवार घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको शान्ति टोल विकास सस्थामा लागुऔषध सम्वन्धी सचेतनामुलक कार्यक्रम गर्न थालेको सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक जुनकुमारी बुढाले जानकारी दिएकी छिन ।
RaptiSandesh RaptiSandesh