Home / Feature Breaking news / फोटोग्राफर एशाेसियसनद्वारा मास्क वितरण

फोटोग्राफर एशाेसियसनद्वारा मास्क वितरण

हिमाल महरा
घाेराही, ३ भाद्र
दाङ जिल्ला फोटोग्राफर एशोसियसनले १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा घाेराहीमा मास्क वितरण गरेको छ ।
दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष गणेशकुमार दंगालकाे अध्यक्षता र नेपाल फोटोग्राफर महासंघका लुम्बिनी प्रदेश संयोजक वशन्त जोशीको प्रमुख अतिथ्यमा सचेतना कार्यक्रमकाे सुरूवात गरिएकाे थियाे ।
कोराेना महामारीबाट बच्नकालागी मास्क अनिवार्य भएकाले मास्क प्रयाेग गर्न अनुराेध सहित बजार एरियामा मास्क नलाएको मानिसहरु लागी मास्क वित्तरण गरिएको थियाे । करिव २ माक्स वित्तरण गरिएको एशोसियसन सदस्य मिनराज महराले जानकारी दिनु भयो ।
घाेराहीकाे तुलसीपुर चोक, न्यू रोड, दामोदर चोक , सहिद उमेश मार्ग, सहिद गेट क्षेत्रमा मास्क वितरण गरिएकाे थियाे ।
कार्यक्रममा दाङ जिल्ला भित्रका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*