घोराही, ३० माघ
देशमा दिनानुदिन बढ्दै गईरहेका बलात्कार र त्यसपछि भएका हत्याका श्रृखला भईरहदा राज्य संयन्त्र निरिह भएको भन्दै घोराहीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
बैतडीकी बालिका भागरथी भट्ट लगायत विभिन्न समयमा बलात्कारपछि बालिकाहरुको हत्यामा संलग्न अपराधीलाई कारबाहीको माग गर्दै नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा विद्यार्थी बालिकाहरुको सहभागितामा दोषीलाई कारबाहीको माग सहित प्रदर्शन गरिएको हो ।
घोराहीको विपी चोकबाट सुरु भएको ¥याली तुलसीपुर चोकमा पुगेर सभा गरिएको थियो । ¥यालीमा सहभागी विद्यार्थीहरुले भागरथी भट्टलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, सम्झना बिकलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गर, अपराधीलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए ।
तस्वीरहरुः







RaptiSandesh RaptiSandesh