आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त मञ्च घोषणा भएको जानकारी दिइएको हो। मञ्चका तर्फबाट अध्यक्ष प्राध्यापक सूर्यबहादुृर थापाले नवनिर्मित मञ्चलाई सबैको साझा मञ्चको रुपमा विकास गर्ने बताए।
उनले भने, ‘नेपालका सबै विश्वविद्यालय राजनीतिक भागबण्डाको कारण दिनानुदिन ओरोल लागिरहेका छन्, अब हामी गुणस्तरीय उच्च शिक्षा दिलाउन र विश्वविद्यालयको व्यवस्थापकीय एवम् प्रशासकीय पक्षलाई बलियो बनाउन लागि पर्ने छौं।’
त्यस्तै नयाँ शक्ति नेपालका शिक्षा विभाग प्रमुख डा. राजेन्द्र केसीले नयाँ शक्तिले मात्रै मुलुकमा आर्थिक विकास गर्ने बताए । उनले भने, ‘नयाँ शक्तिको मूल भिजन भनेको नै आर्थिक समृद्धि हो, हामी त्यसमै केन्द्रित हुनेछौं।’ उनले नेपालमा राष्ट्रपतिदेखि मन्त्रीहरु ८ देखि १० कक्षामात्रै पास भएको इतिहास रहेको उल्लेख गर्दै मुलुकको प्रधानमन्त्री बन्न स्नातक गरेको मान्छे आउनुपर्ने धारणा राखे ।
मञ्चले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्ने, विश्वविद्यालयमा योग्य उमेदवारलाई मात्रै नियुक्ती गर्नुपर्ने, विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने, नीतिगत भ्रष्टाचारको अन्त्य हुनुपर्ने लगायतका १० बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरेको छ ।
मञ्चले आगामी दिनमा मुलुकमा विद्यमान रहेका ९ वटै विश्वविद्यालयमा आफ्नो संगठन विस्तार गर्ने समेत जानकारी दिएको छ ।
RaptiSandesh RaptiSandesh
