Home / Feature Breaking news / अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु
सांकेतिक तस्वीर

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ ।

दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ ।
कार एक रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*