विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्।
दुवैजनालाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए। उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको आचार्यले बताए।
महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमारको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक ९डोम०को घरमा जेसिबी चलाइएको थियो। महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो।