Home / Feature Breaking news / ‘संविधान निर्माण गर्नेहरुप्रति मतदाताको विश्वास धेरै छ’– राजु खनाल

‘संविधान निर्माण गर्नेहरुप्रति मतदाताको विश्वास धेरै छ’– राजु खनाल

घोराही, १९ कार्तिक

प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले संविधान निर्माण गर्नेहरुप्रति मतदाताहरुको आशा र अपेक्षा धेरै रहेको बताउनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ (१) का उमेद्वार खनालले संविधान जारी गर्ने संविधान सभा सदस्यहरुप्रति मतदाताहरुको अपेक्षा धेरै रहेको बताउनुभयो ।

घोराही १५ मा आयोजीत चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको मूल कानुन संविधान जारी गर्ने व्यक्तीहरुप्रति मतदाताहरुले समृद्धिको अपेक्षा गरेको बताउनुभयो । त्यसकालागी आफूहरु मतदाताहरुको अपेक्षाकालागी काम गर्ने प्रतिवद्धदा पनि व्यक्त गर्नुभयो ।

‘तपाईहरुले दुबै जना संविधानसभा सदस्यहरुलाई उमेद्वारका रुपमा पाउनुभएको छ’ उहाँले भन्नुभयो– ‘संविधान निर्माणकालागी म र प्रतिनिधी सभा सदस्यका उमेद्वार महिला नेतृ रेखा शर्मा दुबै जनाको महत्वपूर्ण मूमीका छ ।’

उहाँले यस क्षेत्रको विकासकालागी सधै लामो समयदेखी लागिपरेको भन्दै गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*