Home / Feature Breaking news / एक महिनामा ५ सय बढीले कर सेवा सुविधा

एक महिनामा ५ सय बढीले कर सेवा सुविधा

दाङ, ३ भदौ । दाङ जिल्ला उद्योग बाणिज्य संघले सुरु गरेको संघबाटै व्यावसायिक कर तिर्ने सक्ने सुविधा एक महिनाको अवधीमा ५ सय बढीले सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म ५ सय वढीले सेवा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् । संघले कार्यालयबाट अन्तारीक राजश्वको आयकर र अन्त शुल्क इजाजत पत्रको नविकरण र कर चुक्ता प्रमाण पत्र समेतको सेवा संघको कार्यालय बाटै सेवा दिदै आएको अध्यक्ष वुढाथोकीले बताए । संघ वाट सेवा प्राप्त भएपछि व्यवसायीहरुलाई तुलसीपुर सम्म पुग्नु पर्ने बाध्यता हटेको छ ।

जसले गर्दा आर्थिक तथा समयको समेत बचत हुने उनको भनाइ रहेको छ । सरकारले करमा साना व्यवसायी लाई ९०५ छुट, मझौला व्यवसायीलाई ७५५ छुट र ठूला व्यवसायीलाई ५०५ छुट दिएको छ । सम्पुर्ण उधोगी ब्यबसायिहरुलार्इ संघबाटै सेवा लिनु हुन पनि सबैलाइ संघले अपिल गरेको छ । यसैविच संघले आफना सदस्यलाई सदस्यता नविकरण गर्दा छुट दिएको छ । कोभिडको कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस भनेर नविकरणमा छुट दिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

संघले साउन १ गतेदेखि असोज समान्तसम्म नविकरण गर्नेलाई २० प्रतिशत छुट दिएको उनको भनाइ रहेको छ । कोभिडले समस्या पारेका उद्योगी तथा व्यवसायिहरुलाई यसले थोरै भए पनि सहयोग पुग्ने उनले बताए । अझै पनि कोभिडको जोखिम रहेकाले आफ्नो व्यापार ब्यबसाय गर्दा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेका सबै स्वास्थ्य मापदण्ड पूरा गरि व्यापार ब्यबसाय सञ्चालन गर्न गराउन पनि अनुरोध समेत संघले सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*