Home / Feature Breaking news / मेयर कपको उपाधि घोराही १८ लाई

मेयर कपको उपाधि घोराही १८ लाई

दाङ,२७ माघ । घोराही उपमहानगरपालिकाद्वारा आयोजित चौथो संस्करणको मेयरकपको उपाधि वडा नम्बर १८ले जितेको छ । साविक विजेता वडा नम्बर १८ ले वडा नम्बर १३ लाई १–० गोल अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक उपाधि जितेको छ ।

मंगलवार नवलपुर खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १८ लाई जीत दिलाउन भण्डारीले खेलको ८२ औं मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । करीव ३७ मिटर परबाट प्रहार गरेको बल सिधै गोलकिपरको हातमा पुगेपनि किपरको हातबाट चिप्लिएको बल गोलमा परिणत भएको थियो ।

निकै प्रतिष्पर्धात्मक खेलमा दुवै वडाका खेलाडीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । उपाधि जितेसँगै वडा नम्बर १८ ले नगद १ लाख रुपैया, ट्रफी र मेडल हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको वडा नम्बर १३ ले नगद ५० हजार, ट्रफी, मेडल प्राप्त गरेको छ ।

खेलका विजेतालाई लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी र नगरप्रमुख नरुलाल चौधरीले नगदसहित ट्रफी हस्तान्तरण गर्नुभएको थियो । गत माघ ४ गतेदेखि जारी प्रतियोगिता माघ १४ गते समापन गर्ने लक्ष्य राखिएकोमा प्राविधिक कारणवश खेल स्थगित हुन पुगेको थियो । मेयर कपमा उपमहानगरका १९ वटै वडाका खेलाडीको सहभागीता रहेको थियो ।

नकआउट चरणमा खेलाइएको खेल सबै नवलपुर मैदानमा भएका थिए । मेयर कपको पहिलो उपाधि वडा नम्बर १५, दोश्रो पटक वडा नम्बर १३ तेश्रो पटक वडा नम्बर १८ ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*