Home / Feature Breaking news / मेयर कप फुटवलमा वडा नम्बर १ र १० विजयी

मेयर कप फुटवलमा वडा नम्बर १ र १० विजयी

घोराही, ५ माघ । घोराहीमा जारी चौथो मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार घोराही उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर १ का खेलाडी विजयी भएका छन् । नवलपुर खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १० ले वडा नम्बर १७ लाखई २ गोलका विरुद्ध ४ गोलले पराजित गरेको हो ।

निर्धारीत ९० मिनेटमा समान २÷२ गोल गरेपछि भएको पेनाल्टी सुटआउटमा वडा नम्बर १७ लाई वडा नम्बर १० ले २ गोलका विरुद्ध ४ गोलले पराजित गरेको हो । ९० मिनेटको खेलमा वडा नम्बर १७ का तिलक घर्ती र विक्रम विकले एक एक तथा वडा नम्बर १० का रमेश पुनले २ गोल गरेका थिए । पछि पेनाल्टी सुटआउटमा वडा नम्बर १७ का सुमन योगी र तिलक घर्तीले एक एक गोल गरेका थिए भने वडा नम्बर १० का विनायक विक, रमेश पुन, आर्यन बस्नेत र भुवन वलीले एक एक गोल गरि टिमलाई विजयी गराएकोे खेल व्यवस्थापक दिपक पुनले जानकारी दिएका छन् ।

त्यसैगरी दोस्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ लाई शून्यका विरुद्ध ८ गोलले पराजित गरेको हो । वडा नम्बर १ का सुमन डाँगीले ४, हेमकुमार तिवारीले २, प्रकाश विसी र सुदन दमाईले एक एक गोल गरेका थिए । मंगलबार पनि दुई खेलहरु हुने छन् । मध्यान्न १२ बजे वडा नम्बर ७ र ९ का खेलाडी विच प्रतिस्पर्धा हुने छ भने दिउँसो २ बजे वडा नम्बर १५ र ५ का खेलाडी विच प्रतिस्पर्धा हुने छ । घोराही उपमहानगरपालिकाको आयोजनामा आइतवारदेखि नवलपुर खेल मैदानमा चौथो मेयरकप रनिङ फुटवल प्रतियोगिता सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*