Home / Feature Breaking news / दाङका एकसहित कोरोना संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु

दाङका एकसहित कोरोना संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु

दाङ,१८ कात्तिक । दाङका एक जनासहित कोरोना भाइरस संक्रमणका कारण देशभर थप २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६ जना, सुनसरीका ५ जना, कास्कीका ४ जना, सप्तरीका ३ जना, मोरङ र बागलुङका २ र २ जना, उदयपुर, सिरहा, भक्तपुर, तनहुँ र दाङका १ र १ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४ जना पुगेको छ ।

कोरोना संक्रमणबाट मंगलवार घोराही उपमहानगरपालिका–१० निवासी ६५ वर्षकी महिलाको मंगलबार दिउँसो ३ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । योसँगै घोराहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोसंख्या ६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*