Home / Feature Breaking news / दाङमा २७ जनामा कोरोना, लमही नगरपालिका सिल

दाङमा २७ जनामा कोरोना, लमही नगरपालिका सिल

दाङ, ६ असोज । तुलसीपुरमा ७ महिनो बालकसहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका ७ महिने बालकसहित तुलसीपुर उपमहानगरपालिका ३ जना कर्मचारी, ईन्टरनेट वल्र्ड लिंकका ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

तुलसीपुरका कर्मचारी, ईन्टरनेटका कर्मचारी, क्वारेन्टाईनमा बसेका र कन्ट्याक्ट ट्रेसिङ गरी जम्मा ८४ जनाको नमुना स्वाव संकलन गरि परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ का ४ बर्षीय बालक र २४ बर्षीय पुरुष र २३ बर्षीया महिला, वडा नम्वर २ का ३१, २५ वर्षका दुई पुरुष र ६१ बर्षीया महिला , वडा नम्वर ३ का ५८ बर्षीय पुरुष र ७, १४ बर्षीया बालिका र २५ बर्षीया महिला, वडा नम्वर ५ का ५०, २२, २५ बर्षका पुरुष र २५,२७ बर्षीया महिला, वडा नम्वर ६ का २८, १२, ३१ बर्षीय पुरुष,वडा नम्वर ८ का २९ बर्षका पुरुष र १० बर्षीया बालिका र वडा नम्वर ११ का ७ महिने बालक रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

फोकल पर्सन केसीका अनुसार संक्रमित मध्य तुलसीपुर उपमहानगरपालिका ३ कर्मचारी, वल्र्ड लिंकका ३ जना कर्मचारी, क्वारेन्टाईनका ८ जना र कन्ट्याक्ट ट्रेसिङका ७ जना रहेका छन् । योसंगै तुलसीपुरमा संक्रमितको संख्या २ सय १ जना पुगेको छ भने हाल सक्रिय संक्रमितको संस्था ५६ रहेको छ ।

लमही नगरपालिका एक साताका लागि सिल

यसैविच लमही नगरपालिकामा एक जना वडा अध्यक्षसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालयसहित वडा कार्यालय ७ दिनका लागि सिल गरिएको छ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्षसहित ६ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्य ४ जना क्वारेन्टाइनमा बसेका रहेका छन भने दुई जना समुदायस्तरका नागरिक हुन ।

लमहीमा कोरोना सर्ने जोखिम बढेको र वडा नं. ५ को कार्यालयसहित नगरपालिका कार्यालय सेनेटाइजर गर्नुपर्ने भएकाले लमही नगरपालिका एक हप्ताका लागि सिल गरिएको लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार अत्यावश्यक काम बाहेक अन्य काम नहुने समेत जानकारी दिएका छन् ।

कोरोना संक्रमितहरु लमही–१, ४, ५ र ६ नम्वर वडाका नागरिकहरु रहेका छन् । लमही नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार अहिलेसम्म लमही नगर क्षेत्रमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्य ३८ उपचारपछि निको भएर घर फर्किएका छन् । दाङमा कोरोना संक्रमितहरु १ हजार बढि पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*