Home / समाचार / भोलिदेखी निजी विद्यालयको अनलाईन कक्षा बन्द

भोलिदेखी निजी विद्यालयको अनलाईन कक्षा बन्द

काठमाडौँ, ३१ असार

निजी विद्यालयहरुले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने भएका छन् । प्याब्सन र एनप्याब्सनको बुधबार बसेको बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन् । उनीहरुले शिक्षक र कर्मचारीलाई समेत बेतलबी बिदामा राख्ने निर्णय गरेका छन् ।
सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।

निजी विद्यालयहरुले न्युनतम शुल्क लिन पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्नेलगायतका माग राखेका थिए । तर सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अनलाइन कक्षा नै बन्द गर्नुपरेको उनीहरुको प्रतिक्रिया छ । त्यसैगरी शिक्षक कर्मचारीको तलबभत्ता, घरभाडा, बिजुली, इन्टरनेटको शुल्क उठाउन पाउनुपर्ने माग निजी विद्यालयहरुको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*