Home / Feature Breaking news / एमसीसीको म्याद थप्न सरकारले पठायो अमेरिकालाई पत्र

एमसीसीको म्याद थप्न सरकारले पठायो अमेरिकालाई पत्र

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयनका लागि थप समय मागेको छ । एमसीसी कम्प्याक्ट असार १६ गतेदेखि नै कार्यान्वयनमा आउनुपर्नेमा संसद् एमसीसी अनुमोदन हुन नसकेपछि सरकारले थप समय मागेको हो । एमसीसी संसदबाट पारित भएको भए गत सोमबारबाट करिब ५५ अर्ब रुपैयाँका दुईवटा परियोजना अगाडि बढ्ने थिए  । संसदबाट एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको समर्थन भए पनि सत्तारुढ दलभित्रै विवाद हुँदा संसदमा दर्ता भएको दुई वर्ष बितिसक्दा पनि यसको विषयमा छिनोफानो हुन सकेको छैन ।

एमसीसीको म्याद थपका लाथि अर्थ मन्त्रालयबाट पत्र प्राप्त भएको नेपालस्थित अमेरिकी राजदूतावासले पुष्टि गरेको छ । राजदूतावासले प्राप्त पत्रको अध्ययन भइरहेको पनि जनाएको छ । सरकारको पत्रबारे राजदूतावासले भनेको छ, “अर्थ मन्त्रालयबाट अर्को ‘स्टेप’का लागि पत्र प्राप्त भएको छ र एमसीसीले हाल त्यो पत्रको ‘कन्टेन्ट’को विश्लेषण गरिरहेको छ ।”

“अमेरिका र नेपालबीच बलियो कार्यगत सम्बन्ध छ” दूतावासले भनेको छ, “नेपालको आर्थिक फाइदाका लागि कम्प्याक्ट कार्यान्वयनको पर्खाइमा छौं ।”

अर्थ मन्त्रालयले कोरोना महामारीका साथै संसदबाट अनुमोदन लगायतका अन्य सर्तहरूको कार्यान्वयन गर्ने चरणमा रहेको पत्रमा जानकारी गराएको छ । यद्यपि सरकारले कति समय थप्नुपर्ने भन्ने विषय भने खुलाएको छैन ।

यसअघि सम्झौता कार्यान्वयनमा आउने दिन सोमबार साँझ दूतावासले एक विज्ञप्तिमार्फत् संसद्‌बाट एमसीसी पारित हुन ढिलाइ भइरहेकोप्रति जानकार रहेको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*