Home / समाचार / प्रदेश ५ मा सबैभन्दा बढि काेराेना संक्रमीत

प्रदेश ५ मा सबैभन्दा बढि काेराेना संक्रमीत

दाङ, ११ जेठ ।

कोरोना भाइरसको संक्रमण हालसम्म सबैभन्दा बढी प्रदेशमा ५ मा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश ५ मा देखिएको जानकारी दिए । याे प्रदेशमा २७० जनामा संक्रमण भएकाे छ । “सबैभन्दा बढी संक्रमित प्रदेश ५ को बाँकेमा देखिएको छ,” उनले भने, “बाँकेमा मात्र १४२ जना संक्रमण देखिएको छ ।” उनले प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको बताए । अहिलेसम्म ४१ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

उनका अनुसार अहिलेसम्म ५८४ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना निको हुनेको संख्या भने ७० पुगेको छ । ५११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार उपचाररत सबैको स्वास्थ्य अवस्था भने अहिलेसम्म सामान्य छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*