Home / समाचार / सामाजिक दुरी कायम गर्न दाङका सडक ब्लक

सामाजिक दुरी कायम गर्न दाङका सडक ब्लक

घोराही, २५ चैत

कोरोना संक्रमणको जोखीममा स्वस्थ्यकर्मी र सुरक्षाकर्मीहरु रहेको समयमा स्वास्थ्यको मध्यनजर गर्दै दाङमा सडकहरु ब्लक गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको अगुवाईमा जिल्लाका मुख्य सडकका मुख्यमुख्य स्थानहरुमा सडक ब्लक गरिएको हो ।

सवारी चालकहरुसँग सामाजिक दुरी कायम होस् र सवारी साधनहरु नरोकेर जाने समस्या समाधानकालागि मुख्यमुख्य स्थानहरुमा बाटो क्लक गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोराहीको ट्राफिक चोक, तुलसीपुर चोक, नारायणपुर, गोग्ली, तुलसीपुरको विरेन्द्र चोक, भालुवाङ, लमही, अमेलियामा सडकहरु  गरिएको छ ।

‘डिउटीमा खटिएका प्रहरीहरुलाई सुरक्षाको दृष्टिकोणले प्रभावकारी हुने भएकाले सडकहरु क्लक डिभाईडर र प्लाष्टिक कोणले बन्द गरेका छौ’ रेग्मीले भन्नुभयो­ ‘जसले गर्दा गाडी नजिकै आएर रोक्ने काम रोकिएको छ, सामाजिक दुरी कायम भएको छ । यस्तै कतिपय सवारी साधन नरोकेर पनि जाने गर्थे उनीहरु रोक्नैपर्ने भएको छ, अनिवार्य रोकीएपछि प्रहरीलाई सोधपुछ गर्न पनि सहज भएको छ । सोही अनुसार नियन्त्रणमा लिने की गन्तव्यमा जान दिने भन्ने हुन्छ । सोही अनुसार ब्लक हटाएर सवारी साधन पठाईन्छ ।’

साथै उहाँले सम्पूर्ण सवारी चालकहरुलाई लकडाउनको पालना गर्न अनुरोध पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*